Saturday, October 31, 2015

हार्दिक बढाई

                         स "मेरो देविस्था" ब्लगका प्रमुख सम्पादक तथा निर्देशक तेजिन्द्र राना मगर लोक सेवा आयोग पश्चिमान्चल क्षेत्रीय निर्देशनालय पोखराबाट लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समुह, सहायक पाँचौ तह, हेअ पदको लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा स्थायी नियुक्तिको लागि सिफारिस हुनुभएकोमा उहाँलाई हार्दिक बढाईका साथै उज्जवल भविष्यको कामना गर्दछौ।

मेरो देविस्था परिवार
देविस्थान, म्याग्दी।


Thursday, October 29, 2015

दिनभरीको बर्षाले कृषकहरु चिन्तित

          हिजो रातीदेखि देविस्थानलगाएत देशको विभिन्न भागमा पानी पर्ने क्रम पनि जारी रहेकोले जनजीवन कष्ठकर बन्दै गएको छ। दिउँसो करिब बजेतिर पानी पर्ने क्रम एकछिन रोकिएपनि बजेतिरबाट फेरी पानी पर्ने क्रम जारी नै छ। निरन्तरको बर्षको कारण जाडो पनि बढ्दै गएको छ। त्यही निरन्तर बर्षा जाडोका कारण जुग्जाको मालिकामा हिउँसमेट परेको छ। आज दिनभर पानी परेता पनि भोलीदेखी मौसममा सुधार आउने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ।


देविस्थानमा अन्नबाली भित्र्याउने कार्य धमाधम हुदाँ आजको दिन अन्नबाली भित्र्याउने योजना बनाएका कृषकहरुको योजना भने सफल हुन सकेन्। हिजो रातीदेखि निरन्तर पानी परेकाले खेतमा कातेर सुकाएको धान खेतमै भिज्यो भने आज कात्ने योजना बनाएकाहरुको योजना पनि असफल भयो। एक कृषकले दु: पोख्दै भने-"आज धान मान्ने योजना थियो। पानी पर्नाले सबै योजना चकनाचुर भयो। अब भिजेको धान सुक्न नि / दिन लाग्छ।"

त्यस्तै दिनभरीको पानी चिसो मौसमका कारण विधार्थीहरु उपस्थित हुन नसक्दा आज देविस्थानका सबै विधालयहरुमा पठनपाठन हुन पनि सकेन।

Tuesday, October 27, 2015

फापर (Buck-wheat)

    फापरको वैज्ञानिक नाम Fagopyrum eculentum हो। यो मुख्यत हिमाली क्षेत्रमा पाईने अन्न हो। यो अन्न देविस्थानमा पनि लगाउने गर्दछन् तर देविस्थानमा यो अन्न पहिले जस्तो लगाउन छाडिसकेका छन्। फपरको फूल सेतो-सेतो खालको सुन्दर, मनै लोभ्याउने हुन्छ। देविस्थानमा फापरको ढिडो, रोटी आदि बनाएर खाने गर्दछन्।





Monday, October 26, 2015

सुन्तला

              सुन्तला एकदम लोकप्रिय फल हो। यो हरियोमा अमिलो अनि रातो हुन थालेपछि गुलियोपना बढ्दै जान्छ। यो फल देविस्थानमा पनि पाइन्छ। यहाँका मानिसहरुले घाममा बसेर सुन्तला खान खुब रुचाउँछन।


 सुन्तला मुख्य गरेर देविस्थानको तामला, गर्जरा, जुकापानी, बेर, लिटुङ्ग, लुम्सुङ्ग, तसरबाङ्ग आदी ठाउँमा पाइन्छ। हिउँदको समयमा विभिन्न ठाउँबाट सुन्तला खरिद गर्न यस ठाउँमा आउने गर्दछन्।




धमाधम अन्नबाली भित्र्याउने कार्य सुरु

               हिन्दुहरुको महान पर्व दशै र तिहारको रमझमसँगै देविस्थान गा.वि.स.को सबै गाउँ/ठाउँहरुमा धान, कोदो, भट्मासजस्ता बालीहरु भित्र्याउन किसानहरु लागिपरेका छन्। दशैको पछिल्लो दिनबाट फाट्टफुट्ट शुरु गरेका किसानहरुले अहिले आएर धमाधम अन्नबाली भित्र्याउन लागेका हुन्।



यसपटक अन्नबाली पनि राम्रो भएकोले कृषकहरुले किरा, फट्याङ्ग्रा, मुरा, असिना-पानी आदीबाट जोगाउन अहिले नै भित्र्याउन सुरु गरेका हुन्। अहिले बाली सप्रिएकोले अघिल्लो बर्षको तुलनामा बढी अन्न उब्जने कृषकहरुले दाबी गरेका छन्।





Tuesday, October 13, 2015

दरवाङ्ग-देविस्थान मोटरबाटो अझै सुचारु भएन्

              म्याग्दीको दरवाङ्गदेखि देविस्थानसम्म जोड्ने "दरवाङ्ग-देविस्थान मोटरबाटो" अझै सन्चालनमा आएको छैन्। दशैँ-तिहारजस्तो महत्वपुर्ण चाडपर्व नजिकिदै जाँदा समेट "दरवाङ्ग-देविस्थान मोटरबाटो समिटी"ले सडक मर्मतमा कुनै चाँसो देखाएको छैन्। उक्त मोटरबाटो निर्माण हुन नसक्नुमा भारतले गरेको नाकाबन्दीले गर्दा भएको पेट्रोलियम पदार्थको अभाव पनि प्रमुख कारण बनेको छ।


गत वर्षको चैत्र महिनाबाट मात्र सन्चालनमा आएको उक्त मोटरबाटोमा वर्षातको समयसँगै ठाउँ-ठाउँमा पहिरो गएपछि अबरुद्द बनेको सडक मर्मत नहुँदा अझै ठप्प छ। सडकको आखारिङ्गे भन्नेमा मात्र ५-६ ठाउँमा पहिरो गएको छ भने रुन्मा, मगरदाङ्ग, घरिथोक, पन्थोक र जुग्जामा पनि ठाउँ-ठाउँमा पहिरो गएपछि सडक निर्माणमर्मत र सन्चालनमा समस्या परेको हो। मोटरबाटो सन्चालनमा नआउँदा दशैँ-तिहारको अवसरमा घर फर्कने विधार्थी, लाहुरे, सहर बसाई सरेकाहरुले दु:ख व्यक्त गरेका छन्।


सरसफाई कार्यक्रम सम्पन्न

             देविस्थानको मगरदाङ्ग ५, ६ र ७ मा आउदै गरेको दशैँ-तिहारपर्वलाई लक्षित गरेर आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मगरदाङ्ग गाउँ सुधार समिटीको आयोजनामा करिव २०० जनाको जतिको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भत्केका बाटो-घाटो निर्माण तथा मर्मत गर्ने, बाटोमा रहेका झारपाट, प्लास्टिकहरु टिप्ने, खानेपानीको मर्मत गर्ने लगाएतका कार्यहरु भएका थिए।

यसका साथै देविस्थान ६ मा अवस्थित श्री गौ बोम बस्त माविमा पनि दशैँ-तिहार पर्वलाई लक्षित गरि विधालय सरसफाई र लिप्पोट कार्यक्रम सम्पन्न भएको छ।