Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

Saturday, April 7, 2018

मेरो देविस्थान, म्याग्दी देविस्थान [ Devisthan Village Song ]

स्वर्ग भन्दा सुन्दर लाग्छ मलाई मेरो देबिस्थान
मेरो    देविस्थान ,   म्याग्दी   देविस्थान ..........

रचनाकार : बालकुमार फगामी
संगित : नबिन राना
स्वर : तारा श्रीस

।।। भिडियो हेर्न तल थिच्नुहोला ।।।


Saturday, December 26, 2015

आँशुसँगै झरि गयौ

 स्‍मृति पुर्जा
राम्चे- ३, म्याग्दी ।

आँशुसँगै  झरि  गयौ  सायद  गहमा  तिमी छौ
चोट लाग्यो दुखी भएँ सायद बहमा तिमी छौ ।

अंधेरी नि प्यारो लाग्छ साथ पाए त्यो दिलको
शीतल दिने जुनको सायद टहटहमा तिमी छौ ।

जब चल्छ धड्कन वेसी तब आउँछ याद तिम्रो
यो मुटुको  कुना कुना  सायद  तहमा तिमी छौ ।

अग्नीमा पस्छु जँघारै तर्छु पाउँछु भने तिमीलाई
डुबी  गएँ  सागरभित्र  सायद  दहमा  तिमी छौ ।

तिमी देख्छु तब हाँस्छु,  तिमी लुक्छौ तब रुन्छु
खुसी अनि हरक्षणको सायद विरहमा तिमी छौ ।

साभार : बिम म्याग्दी डट् कमबाट ]

Friday, June 5, 2015

गजल


    जि. एम. दिपु देपेन्द्र
   खोलागॉऊ-५ सर्केना, रुकुम



मलाई  सानो  आफुलाई,  ठुलो ठान्छौ रे !
हामी बिचको सम्बन्ध, खुकुलो ठान्छौ रे !

भन्थ्यौ ऑखाको नानि, बनाई राख्छु सधैं
किन हो  अचेल ऑखाकै, फुलो ठान्छौ रे !

के  पसेथ्यौ  शहरमा, यो  गॉऊ  बिर्सीयौ
आज गॉऊलाई दुम्सीको, दुलो ठान्छौ रे !

अरिंगाल बनि आऊछौ होला, अब त टोक्न
सुन्दैछु  मलाई  झुसे,  बाडुलो  ठान्छौ रे !

साह्रै  सस्तिएछौ  तिमी, मायाको बजारमा
हिजो दिएको सिन्दुर आज, धुलो ठान्छौ रे !

Monday, June 1, 2015

मेरो देविस्थान ( गजल )


   
   तेजिन्द्र राना मगर
   देविस्थान-७, म्याग्दी ।



यताउती     मुटुभरी    डुल्छ  मेरो  देविस्थान
झरणाको  छाँगाभरी   भुल्छ  मेरो देविस्थान

दांगा,  पन्थोक, जुग्जा, घरिथोक, रुन्माजस्तै
जहाँजहाँ  गए  पनि   घुल्छ  मेरो देविस्थान

आँरु  अनि नास्पतीको स्वाद कति मिठो हो
काफल,  एसेलुसँगै   फुल्छ   मेरो देविस्थान

हरीयाली   वनजंगल,   उत्तरमा  सेतो  हिमाल
धौलागिरीको मुस्कानसँगै खुल्छ मेरो देविस्थान

देउताभीरको गुफा अनि तालतलैया र झरणाहरु
पर्यटकहरुको  सत्कारमा  भुल्छ  मेरो  देविस्थान

[ २०७२-०१-२९ गते ९:०० बजे बेलुकी ]

Sunday, April 12, 2015

गजल ( नयाँ वर्ष विशेष )

   ✍ बालकुमार फगामी मगर

नयाँ सालको आगमनसंगै सम्बिधान आओस
शान्तिभुमी  नेपाल हो भन्ने पहिचान आओस

बिस्वसामु  बेइज्जती भो फोहोरी राजनितिले
सबैमा निर्धक्क नेपाली हौ भन्ने शान आओस

उठ,जुत ,कति लडछौ आपसमा हे नेताहरु हो
काम यस्तो गर,जताततैबाट सम्मान आओस

जताततै हिंसा उफ भगवानसंग पुकार छ फेरि
यहाँ शान्तिको प्रतीक परेवाको बथान आओस

अघिल्ला बर्षमा जे भए !त्यसलाइ बिर्सन पनि
योनयाँ बर्षमा यहाँ बिकासको तुफान आओस

 - म्याग्दी, देबिस्थान

Saturday, April 11, 2015

गजल

कतारमा मृत्युदण्ड सजाय सुनाइएका कुशलको मनोभावनामा आधारित गजल

                                                                                      ✍  बालकुमार फगामी मगर
                                                                                            देबिस्थान,  म्याग्दी
मृत्युदण्डको सजाय छ आमा हत्याको केसमा
अन्जानको दुर्घटनाले ज्यानै जाने भो परदेशमा

धन कमाइ परिवार पाल्ने थियो मनसाय मेरो
तर आज कालकोठरिमा छु अपराधीको भेषमा

गल्ती भयो माफी माग्छु सबै मृतक परिवारमा
आक्रोशको ज्वाला होला सबैमा यो परिवेशमा

सबैले पहल गरि मृतक परिवारलाइ मनाइदिए
फर्किन्छु आमा मृत्यु जितेर जिन्दगिको रेसमा

सक्छौ अहिल्यै सहयोग गरि दिनु सबैले मेरो
भोपर्दैन सहानुभूति पछि मेरो भग्नाअबशेषमा

( फेसबुक पेज :- एउटा बाटो बिराएको मान्छे )

Saturday, March 21, 2015

गजल



     
   लक्ष्मण ढकाल
   पैयुँपाटा-४, बाग्लुङ्ग
   हाल : बुद्धनगर, काठमाण्डौ



ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा-मिठा लहर खोज्दैछु

थाहा छैन के दिन्छौ तिमी जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु

बिसाउन सारा पल तिम्रो साथसँगै
अनौठो यो कस्तो रहर खोज्दैछु

सक्दिन होला ठुला ठुला महल त
त्यो मायालु मन बस्ने टहर खोज्दैछु

भन्छन मायामा छुट्टै आनन्द मिल्छ
त्यसैले तिम्रो साथको प्रहर खोज्दैछु

गजल


तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी




आमा तिम्लाई झुपडीको खर, लर्केर सताउँछ रे
साहुले ॠणको भारी सुनाउँदै, थर्केर सताउँछ रे

सँगै हुँदाखेरी अघि-पछि गर्ने ती साथीहरु पनि
नाना-थरीका कुराहरु सुनाई, तर्केर सताउँछ रे

दिनभरी खेतबारी नधाई खान-लाउन नपुग्दा
वर्षात यामका ती झरीहरुले, दर्केर सताउँछ रे

सधै आँसुले नै भिज्छन् रे तिम्रा ती आँखाहरु
खाँदा-खाँदै मेरा ती यादहरुले, सर्केर सताउँछ रे

ठुलो मान्छे हुन्छ अब मेरो प्यारो छोरो भन्थ्यौ
पुरा नहुँदै सजएका सपनाहरु, छर्केर सताउँछ रे

[ साभार : मेरो सृजना, मेरो कलम
Link : आमा तिम्लाई झुपडीको ]


Tuesday, March 17, 2015

गरिबको प्रेम (कथा)

एउटा गरीब केटा थियो । उ गरीब भएकै कारण एउटी केटीले
उसँग विहे गर्न मानीन र अर्कैसँग विहे गरेर गई !!!

१० वर्स पछी अचानक ती २ जाना बजार मा भेट भए ।
केटी ले भनी : "म धेरै खुसी छू किनकि मेरो लोग्नेको
सेलरी ५० हजार छ गाडी घर सबै छ मसँग अहिले !"

केटो केही बोलेन

एक छिन पछी त्यो केटीको श्रीमान आयो र अचम्म पर्दै
भन्यो (पहीले को गरीब केटा लाई):
"नमस्कार सर तपाईं मेरी श्रीमती लाई चिन्नु हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो :
"उहाँ मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनी
थाहा छ उहाँ को सेलरी कती छ? २ लाख गाडी घर
सहर को ठाउं ठाउ मा छ तर दु:खको कूरा उहाँ पहिले
गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटीले
धोका दिएपछि आज सम्म बीहे गर्नू भएको छैन ।।।

स्मरण रहोस् :
भविष्य सबैको लेखिएकै हून्छ जे-जती सूख र खूसि मिल्ने हो,
अवश्य पनि मिल्छ नै बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ |

[ तेजिन्द्र रानाको डायरी "मेरो सृजना, मेरो कलम" बाट साभार गरिएको !
Link :  गरिबको प्रेम (कथा) ]

गजल



बालकुमार फगामी मगर
म्याग्दी, देबिस्थान



हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन

दिन भरि अर्काको काम गर्यो दुइ छाक खान पुग्दैन रे
भकारीमा हेर्छु धानको एक मानो छैन आमा भन्छिन

सानो भएको बारीमा कोदो रोपिदिएर आएको थिए
पाक्यो कोदो तर एउटा बाला रानो छैन आमा भन्छिन

पैसा पठा भन्थिन आमा तर आफु पनि रित्तै यैबेला
ठुलो छ दुख बाबु यहा मलाई सानो छैन आमा भन्छिन

हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन

Monday, March 9, 2015

गजल



बालकुमार फगामी मगर
म्याग्दी देबिस्थान



सभ्यता र सस्कृतिले भरिपुर्ण मेरो देबिस्थान
लोभै लाग्ने आकृतिले भरिपुर्ण मेरो देबिस्थान

धौलागिरीको आगनमा कति मिलेको गाउँहरु
भौगोलिक प्रकृतिले !!भरिपुर्ण मेरो देबिस्थान

मर्दा , पर्दा आपसमा सहयोगी भावना भएको
माया अनि पिरतिले भरिपुर्ण मेरो देबिस्थान

मारुनी,ख्याली जस्ता पुर्ख्यौली कला अझै छ
सास्कृतिक सम्पतिले भरिपुर्ण मेरो देबिस्थान

बन्यजन्तु र बन पैदावारको अधिक धनी ठाँउ
जडिबुटी र बनस्पतिले भरिपुर्ण मेरो देबिस्थान


Wednesday, March 4, 2015

मुक्तक

देविस्थानको, घर मन परेन सायद
राना मेरो, थर मन परेन सायद
महलमा बसि रम्ने मन थियो होला
झुपडिको, खर मन परेन सायद

तेजिन्द्र राना मगर.