Saturday, January 16, 2016
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ५ गतेदेखि
जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७२ माघ ५ गतेदेखि सुरु हुने भएको छ । जिल्लाका ६८ विद्यालयलाई पत्राचार गरिएको र सबैजसोले कुनै न कुनै खेलमा सहभागिता जनाउने प्रतिवद्धता आएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
समितिका अनुसार माघ ४ गते अर्थात कार्यक्रम हुनु भन्दा अघिल्लो दिनमा सर्वपक्षीय अन्तरक्रियाको आयोजना गरिएको छ । ४ गते ४ बजे जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अन्तरक्रिया हुनेछ ।त्यसैगरी कार्यक्रमको तयारीको बारेमा जानकारी दिनका लागि ३ गते दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको समेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।
[ साभार : म्याग्दीकाली डट्कम ]

Subscribe to:
Posts (Atom)