Tuesday, October 27, 2015

फापर (Buck-wheat)

    फापरको वैज्ञानिक नाम Fagopyrum eculentum हो। यो मुख्यत हिमाली क्षेत्रमा पाईने अन्न हो। यो अन्न देविस्थानमा पनि लगाउने गर्दछन् तर देविस्थानमा यो अन्न पहिले जस्तो लगाउन छाडिसकेका छन्। फपरको फूल सेतो-सेतो खालको सुन्दर, मनै लोभ्याउने हुन्छ। देविस्थानमा फापरको ढिडो, रोटी आदि बनाएर खाने गर्दछन्।





Monday, October 26, 2015

सुन्तला

              सुन्तला एकदम लोकप्रिय फल हो। यो हरियोमा अमिलो अनि रातो हुन थालेपछि गुलियोपना बढ्दै जान्छ। यो फल देविस्थानमा पनि पाइन्छ। यहाँका मानिसहरुले घाममा बसेर सुन्तला खान खुब रुचाउँछन।


 सुन्तला मुख्य गरेर देविस्थानको तामला, गर्जरा, जुकापानी, बेर, लिटुङ्ग, लुम्सुङ्ग, तसरबाङ्ग आदी ठाउँमा पाइन्छ। हिउँदको समयमा विभिन्न ठाउँबाट सुन्तला खरिद गर्न यस ठाउँमा आउने गर्दछन्।




धमाधम अन्नबाली भित्र्याउने कार्य सुरु

               हिन्दुहरुको महान पर्व दशै र तिहारको रमझमसँगै देविस्थान गा.वि.स.को सबै गाउँ/ठाउँहरुमा धान, कोदो, भट्मासजस्ता बालीहरु भित्र्याउन किसानहरु लागिपरेका छन्। दशैको पछिल्लो दिनबाट फाट्टफुट्ट शुरु गरेका किसानहरुले अहिले आएर धमाधम अन्नबाली भित्र्याउन लागेका हुन्।



यसपटक अन्नबाली पनि राम्रो भएकोले कृषकहरुले किरा, फट्याङ्ग्रा, मुरा, असिना-पानी आदीबाट जोगाउन अहिले नै भित्र्याउन सुरु गरेका हुन्। अहिले बाली सप्रिएकोले अघिल्लो बर्षको तुलनामा बढी अन्न उब्जने कृषकहरुले दाबी गरेका छन्।