Sunday, February 28, 2016

डाक्टर न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

                 जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत डा. रोशन न्यौपाने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका छन्। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा विषेश योगदान गरेको भन्दै डा. न्यौपानेलाई यस बर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट १ लाख नगद सहित सम्मानित गरेको हो।

मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका न्यौपानेले स्रोत र साधनको अभावबीच पनि स्थानीयस्तरमै सहयोग जुटाएर जटिल मानिएका अप्रेसन सहितको सेवालाई जिल्लास्तरमा उपलब्ध गराउन सफल भएकाले न्यौपानेलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको जनस्वास्थ्य प्रशासन अनुगमन तथा मुल्याकन महाशाखाले जनाएको छ।


करिव साढे २ बर्ष अगाडी जिल्लामा आएका डा। न्यौपाने हार्डजोर्नी तथा नशा रोग सम्बन्धि उपचारलाई जिल्ला अस्पतालमै सुरू गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहज र निशुल्क सेवा पाइरहेका छन्। 'पुरस्कारले जिम्मेबारी थपिएको छ ।अझै म्याग्दीलाई धेरै गर्नुछ' डा. न्यौपानेले भने।

उनले अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले समेत अस्पताललाई स्रोत जुटाउन दिनरात खटिएको र गुणस्तरीय सेवा प्रदान गर्न समेत सघाइरहेकाले समेत कार्यसम्पदानमा सहज भएको बताए। पछिल्ला दुईबर्ष यता सुविधा सम्पन्न अस्पतालमा गरिने जटिल अप्रेसन समेत जिल्लामै गरिएको छ। डा।न्यौपानेले अस्पतालमा चिकित्सक थप गर्न, डेन्टल सेवा, साझा औषधी पसल सहित विभिन्न सेवा थप गर्न सफल भएका थिए।

साभार : नागरिक न्युज ]

Saturday, January 16, 2016

पहिरोको जोखिममा परेको मुनाको दर गाउँ

                     म्याग्दीको मुना गाविसको ७, ८ र ९ नम्बर वडामा पर्ने दर गाउँ अझै पनि पहिरोको जोखिममा रहेको छ। पहिरोको जोखिममा २० घरभन्दा बढि रहेका छन्। २०७२ साउन १३ गते राती बस्ती माथिदेखि पहिरो खसेपछि दरका बासिन्दाहरु बर्षा यामको दुई महिना गाउँ छाडेर अन्यत्र गई बसेका थिए।


राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ५ गतेदेखि

                 जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७२ माघ ५ गतेदेखि सुरु हुने भएको छ । जिल्लाका ६८ विद्यालयलाई पत्राचार गरिएको र सबैजसोले कुनै न कुनै खेलमा सहभागिता जनाउने प्रतिवद्धता आएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


समितिका अनुसार माघ ४ गते अर्थात कार्यक्रम हुनु भन्दा अघिल्लो दिनमा सर्वपक्षीय अन्तरक्रियाको आयोजना गरिएको छ । ४ गते ४ बजे जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अन्तरक्रिया हुनेछ ।त्यसैगरी कार्यक्रमको तयारीको बारेमा जानकारी दिनका लागि ३ गते दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको समेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

[ साभार : म्याग्दीकाली डट्कम ]