Saturday, October 31, 2015

हार्दिक बढाई

                         स "मेरो देविस्था" ब्लगका प्रमुख सम्पादक तथा निर्देशक तेजिन्द्र राना मगर लोक सेवा आयोग पश्चिमान्चल क्षेत्रीय निर्देशनालय पोखराबाट लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समुह, सहायक पाँचौ तह, हेअ पदको लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा स्थायी नियुक्तिको लागि सिफारिस हुनुभएकोमा उहाँलाई हार्दिक बढाईका साथै उज्जवल भविष्यको कामना गर्दछौ।

मेरो देविस्था परिवार
देविस्थान, म्याग्दी।


Thursday, October 29, 2015

दिनभरीको बर्षाले कृषकहरु चिन्तित

          हिजो रातीदेखि देविस्थानलगाएत देशको विभिन्न भागमा पानी पर्ने क्रम पनि जारी रहेकोले जनजीवन कष्ठकर बन्दै गएको छ। दिउँसो करिब बजेतिर पानी पर्ने क्रम एकछिन रोकिएपनि बजेतिरबाट फेरी पानी पर्ने क्रम जारी नै छ। निरन्तरको बर्षको कारण जाडो पनि बढ्दै गएको छ। त्यही निरन्तर बर्षा जाडोका कारण जुग्जाको मालिकामा हिउँसमेट परेको छ। आज दिनभर पानी परेता पनि भोलीदेखी मौसममा सुधार आउने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ।


देविस्थानमा अन्नबाली भित्र्याउने कार्य धमाधम हुदाँ आजको दिन अन्नबाली भित्र्याउने योजना बनाएका कृषकहरुको योजना भने सफल हुन सकेन्। हिजो रातीदेखि निरन्तर पानी परेकाले खेतमा कातेर सुकाएको धान खेतमै भिज्यो भने आज कात्ने योजना बनाएकाहरुको योजना पनि असफल भयो। एक कृषकले दु: पोख्दै भने-"आज धान मान्ने योजना थियो। पानी पर्नाले सबै योजना चकनाचुर भयो। अब भिजेको धान सुक्न नि / दिन लाग्छ।"

त्यस्तै दिनभरीको पानी चिसो मौसमका कारण विधार्थीहरु उपस्थित हुन नसक्दा आज देविस्थानका सबै विधालयहरुमा पठनपाठन हुन पनि सकेन।

Tuesday, October 27, 2015

फापर (Buck-wheat)

    फापरको वैज्ञानिक नाम Fagopyrum eculentum हो। यो मुख्यत हिमाली क्षेत्रमा पाईने अन्न हो। यो अन्न देविस्थानमा पनि लगाउने गर्दछन् तर देविस्थानमा यो अन्न पहिले जस्तो लगाउन छाडिसकेका छन्। फपरको फूल सेतो-सेतो खालको सुन्दर, मनै लोभ्याउने हुन्छ। देविस्थानमा फापरको ढिडो, रोटी आदि बनाएर खाने गर्दछन्।