पश्चिमान्चल
विकाश क्षेत्रको धवलागिरी
अन्चल अन्तर्गत पर्ने
म्याग्दी जिल्लाको सदरमुकाम बेनी
बजारबाट १२ कोषको
दुरीमा रहेको देविस्थान गा.वि.स.को
वडा नं. ६
मगरदाङ्ग गाउँमा श्री गौ
वोम वस्त मा.
वि. अवस्थित छ।
यस विधालय स्थापना
हुनुभन्दा अगाडी त्यहाँ गाई,
भैसीँ चराउने भएकाले
त्यस ठाउँलाई गौचरण
भन्ने गरिएको र
पछि गौचरणबाट "गौश्वरा"
भन्ने गरिएको इतिहास
पाईन्छ। यही गौश्वरा भन्ने ठाउँमा वि.सं.
२०२१ सालतिर मगरदाङ्ग गाउँका समाजसेवी स्व. दलवीर फगामी र सतिमा बुढाथोकीले आफ्नो निजी
जग्गा विधालय स्थापना गर्न दान स्वरुप उपलब्ध गराएपछि वि.सं. २०२२ सालमा श्री गौ प्रथमिक
विधालयको स्थापना गरी औपचारिक रुपमा पठनपाठन सुरु भएको थियो। त्यसभन्दा अगाडी देविस्थान
गविसकै घरिथोक गाउँको डाँडाकटेरी भन्ने ठाउँमा अस्थायी तरिकाले बाह्रखरी पढाउने गरेको
इतिहास पाईन्छ। श्री गौ प्रथमिक विधालयमा बृटिश पेन्सनर स्व. खिमदल बुढथोकीले लगातर
४ वर्षसम्म विना तलब पढाउनुभएको थियो। त्यतिखेर श्री ५को सरकारबाट बार्षिक रु. ११००/-
मात्र उपलब्ध हुने गरेको कुरा त्यतिबेलाका विधालयको कोषाध्यक्ष श्री दलबल सिंथानीले
बताउनुभयो। यस विधालयले वि.सं. २०३७ सालमा कक्षा ३ को र वि.सं. २०४० सालमा कक्षा ४
र ५ को स्थायी स्वीकृत पाएको थियो।
Monday, November 16, 2015
Sunday, November 15, 2015
सुन्तला पहेँलो भएर झर्न थाल्यो
म्याग्दीको देविस्थान पनि सुन्तलाको लागि पाकेट क्षेत्र मानिन्छ। मुख्य गरेर औलो क्षेत्रमा सुन्तला खेति रहेको छ। अहिले सुन्तला सबैजसो ठाउँमा लतरम्म फले तापनि खाने बेलामा पहेँलो हुँदै झर्दै गरेपछि देविस्थानका सुन्तला कृषकहरु चिन्तित बनेका छन्। सुन्तलाको एक भाग पहेँलो हुँदै झर्दै गर्न थालेपछि बोट रित्तिदै जान थालेको छ।
Wednesday, November 11, 2015
प्रथम 7A Side फुटबल खेल यही कार्तिक २७ देखि
हिन्दुहरुको दोश्रो महान पर्व शुभ दिपावलीको अवसरमा युनिटी युवा क्लव, शिवाङ्गले "प्रथम 7A Side फुटबल मेला - २०७२" आयोजना गर्ने भएको छ। सो मेला यही कार्तिक २७ गतेदेखी मंसिर ३ गतेसम्म लाग्ने युनिटी युवा क्लवले जनाएको छ। मेलामा फुटबलका साथै ताराखेल, नृत्य, छेलो, अन्ध निसान आदि खेलहरु पनि समावेस गरिएको क्लवले जनाएको छ। क्लवले नामदर्ता गर्ने अन्तिम मिति कार्तिक २६ गते साँझ ६:०० बजेसम्म तोकेको छ।
खेल र त्यसमा समावेश गरिएको पुरस्कारहरु :
१. फुटबल :
प्रथम पुरस्कार = ६५,००० ट्रफी, मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार = ३५,००० मेडल र प्रमाणपत्र
२. ताराखेल :
प्रथम पुरस्कार = ३०,००० मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार = १५,००० मेडल र प्रमाणपत्र
३. नृत्य :
प्रथम पुरस्कार = १०,००० मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार = ५,००० मेडल र प्रमाणपत्र
४. छेलो :
प्रथम पुरस्कार = ३,००० मेडल र प्रमाणपत्र
५. अन्ध निसान :
प्रथम पुरस्कार = १,००० मेडल र प्रमाणपत्र
Subscribe to:
Posts (Atom)