पश्चिमान्चल
विकाश क्षेत्रको धवलागिरी
अन्चल अन्तर्गत पर्ने
म्याग्दी जिल्लाको सदरमुकाम बेनी
बजारबाट १२ कोषको
दुरीमा रहेको देविस्थान गा.वि.स.को
वडा नं. ६
मगरदाङ्ग गाउँमा श्री गौ
वोम वस्त मा.
वि. अवस्थित छ।
यस विधालय स्थापना
हुनुभन्दा अगाडी त्यहाँ गाई,
भैसीँ चराउने भएकाले
त्यस ठाउँलाई गौचरण
भन्ने गरिएको र
पछि गौचरणबाट "गौश्वरा"
भन्ने गरिएको इतिहास
पाईन्छ। यही गौश्वरा भन्ने ठाउँमा वि.सं.
२०२१ सालतिर मगरदाङ्ग गाउँका समाजसेवी स्व. दलवीर फगामी र सतिमा बुढाथोकीले आफ्नो निजी
जग्गा विधालय स्थापना गर्न दान स्वरुप उपलब्ध गराएपछि वि.सं. २०२२ सालमा श्री गौ प्रथमिक
विधालयको स्थापना गरी औपचारिक रुपमा पठनपाठन सुरु भएको थियो। त्यसभन्दा अगाडी देविस्थान
गविसकै घरिथोक गाउँको डाँडाकटेरी भन्ने ठाउँमा अस्थायी तरिकाले बाह्रखरी पढाउने गरेको
इतिहास पाईन्छ। श्री गौ प्रथमिक विधालयमा बृटिश पेन्सनर स्व. खिमदल बुढथोकीले लगातर
४ वर्षसम्म विना तलब पढाउनुभएको थियो। त्यतिखेर श्री ५को सरकारबाट बार्षिक रु. ११००/-
मात्र उपलब्ध हुने गरेको कुरा त्यतिबेलाका विधालयको कोषाध्यक्ष श्री दलबल सिंथानीले
बताउनुभयो। यस विधालयले वि.सं. २०३७ सालमा कक्षा ३ को र वि.सं. २०४० सालमा कक्षा ४
र ५ को स्थायी स्वीकृत पाएको थियो।
समयको परिवर्तन सँगसँगै जनसंख्याको बृदि र विधार्थीको चापले शिक्षाको लहर पनि व्यापक बन्दै गयो। यस अवस्थालाई मध्यनजर गर्दै यस विधालयलाई तह वृदि गर्दै आफ्नै गाउँमा जन्ता र समयको माग अनुसार शिक्षा दिने मानसिकता यहाँका जनमानसमा जागेको चेतना अनुसार निजीस्रोतबाट भएपनि निम्न माध्यमिक तहको शिक्षा दिने दृढता भयो र निमावि तह खोल्न आवश्यक पर्ने धरौटी रकम रु. ५०,००० /- (पचास हजार) जम्मा गरी धरौटी राख्ने काम भयो। वि.सं. २०५४ सालदेखि कक्षा ६ को पठनपाठन गर्ने अस्थायी अनुमति प्राप्त भयो र क्रमश कक्षा ७ र ८ को पनि अनुमति लिई पठनपाठन कार्यलाई अगाडी बढाउने काम भयो।
यस श्री गौ
वोम वस्त मा.वि.का
भूतपुर्व अदक्ष्य श्री तुल
प्रसाद बुढाथोकी र उहाँका
भाई श्री सेर
बहादुर बुढाथोकीले आफ्नो स्व.
बुबा वोम बहादुर
बुढाथोकी र स्व.
आमा वस्तमा बुढाथोकीको
नाममा विधालयको नामाकरण
गर्नको लागि प्रस्ताब
गर्नु भएको र
सो प्रस्तावलाई स्वीकार
गरि शिक्षा एन
तथा नियमावली अनुसार
निमावि तहको नयाँ
नामाकरण गर्नका लागि आवश्यक
पर्ने रु. ७,००,०००
/- (सात लाख) विधालयको
कोषमा जम्मा गरिदिएपछि
प्रक्रियागत रुपमा यस विधालयको
नाम "श्री गौ
वोम वस्त निम्न
माध्यमिक विधालय" रहन गयो।
यस लगत्तै समयको माग र समुदायको चाहना अनुसार मावि तहको शिक्षा बिस्तार गर्ने योजना
अनुसार वि.सं. २०६७ सालमा अस्थायी अनुमति लिई कक्षा ९ को पठनपाठन शुरु भयो र यस विधालयको
नाम " श्री गौ वोम वस्त मा. वि."को रुपमा रहन गयो।
विधालय पाठ्यक्रमले निर्धारित गरेको
पठ्यपुस्तक तथा शैक्षिक
सामग्रीले मात्र गुण्स्तरिय शिक्षा
प्रदान गर्न धेरै
कठिन रहेको भयो।
समयको माग अनुसार
समायोजन हुन आवश्यक
पर्ने गुणस्तरीय शिक्षा
प्राप्त गर्न विधालय
पठ्यक्रम तथा पाठ्यपुस्तकभन्दा
बढी ज्ञान हासिल
गर्न हरेक विधालयमा
पुस्तकालयको जरुरी हुन्छ। यसलाई
मध्यनजर गर्दै "रुम टु
रिड"को आर्थिक
तथा भौतिक सहयोग
र "गाजाँ युवा क्लव
(GYC) बाग्लुङ"को ब्यबस्थापनमा
पुस्तकालय स्थापना भयो। ३
वर्षको कार्य अबधि राखि
स्थापना भएको उक्त
पुस्तकालय ३ वर्षको
कार्य अबधि पुरा
भई उक्त पुस्तकालयलाई
वि.सं. २०७० सालमा समुदायलाई
हस्तान्तरण गरिएको थियो।
[ यस लेखमा सहयोग पुर्याउनु हुने श्री गौ वोम वस्त मा.वि.का सम्पुर्ण शिक्षकशिक्षिकाहरुलाई धेरै-धेरै धन्यवाद।।। ]
No comments:
Post a Comment