Sunday, February 28, 2016

दोस्रो टोड्के महोत्सवको तयारी तिब्र

                     म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हुने दोस्रो टोड्के महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म हुने महोत्सवमा बिहिबार सम्म करिव ११ लाख आर्थिक संकलन भएको छ । ‘महोत्सव जिल्लाको पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने छ ।


पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटक स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण, स्थानीय उत्पादन,सामुदायिक लज, भि–टावर निर्माण लगाएतका पूर्वााधार बनाउने योजना समेत रहेको छ। रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् ।

पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमशृङखला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको थियो ।

साभार : बेनी अन्लाईन ]

No comments:

Post a Comment