Friday, May 8, 2015

देविस्थान मोटर बाटो उपभोक्ता समितिले सवारी साधनहरुको भाडाँ दर तोक्यो

                         देविस्थान मोटर बाटो उपभोक्ता समितिको यही २०७२ साल बैशाख ६ गते बसेको बैठकले सर्वसाधरण जनताहरुलाई सजिलोको लागि देविस्थान गाविसमा गुड्ने यातायातका साधनहरुको भाडाँ दर तोकेको छ । साथै समितिले सो भाडाँ दर सम्पुर्णलाई पालना गरिदिनुहुन पनि अनुरोध गरेको छ । देविस्थान मोटर बाटो उपभोक्ता समितिले यातायात वा सवारी साधनहरुको भाडाँ दर निम्नअनुसार तोकेको छ :


फौजी किराले मकै बालि नष्ट : कृषक चिन्तित

देविस्थान, २५ चैत्र

देविस्थान गा.वि.स.का सबै गाउमा किराले भर्खरै खनेको मकै बालि नष्ट गरिदिएपछि देविस्थान गाविसका कृषकहरु चिन्तित भएका छन् ।




















फौजी किराले मुख्यत: लम्सुङ्ग, बेर, लिटुङ्ग, ढुलुम, तामला, खोला, एकछानेलगाएतका औलो क्षेत्रमा बढि प्रभावित पारेको छ भने लेकतिर भने अलि कम प्रभावित पारेको छ । एक कृषक गम्भिरा बुढाले भन्नुभयो :- "किराले सबै मकै नष्ट गरिसक्यो । जरा मात्र बाँकी रखिदिएको छ । अहिले साल त देविस्थानमा मकैको उत्पादन ह्वाट्टै घट्ने सम्भावना बढि देखिन्छ ।"

कतिपयले त मकै खेतीको माया नै मारिसकेको बताएका छन् । यसरी फौजी किराले मकै बालि नष्ट गर्दा गा.वि.स. अनि जिल्ला कृषि विकास कार्यालयबाट फौजी किरा मार्ने तथा हताउने उपायहरु अपनाउनु आवश्यक छ ।

Thursday, May 7, 2015

सुन्दर ठाउँ कुबाङ्ग

देविस्थानको मगरदाङ्गमा पर्ने सुन्दर ठाउँ कुबाङ्ग
 
Kubang 1

Kubang 2