Friday, May 8, 2015

फौजी किराले मकै बालि नष्ट : कृषक चिन्तित

देविस्थान, २५ चैत्र

देविस्थान गा.वि.स.का सबै गाउमा किराले भर्खरै खनेको मकै बालि नष्ट गरिदिएपछि देविस्थान गाविसका कृषकहरु चिन्तित भएका छन् ।




















फौजी किराले मुख्यत: लम्सुङ्ग, बेर, लिटुङ्ग, ढुलुम, तामला, खोला, एकछानेलगाएतका औलो क्षेत्रमा बढि प्रभावित पारेको छ भने लेकतिर भने अलि कम प्रभावित पारेको छ । एक कृषक गम्भिरा बुढाले भन्नुभयो :- "किराले सबै मकै नष्ट गरिसक्यो । जरा मात्र बाँकी रखिदिएको छ । अहिले साल त देविस्थानमा मकैको उत्पादन ह्वाट्टै घट्ने सम्भावना बढि देखिन्छ ।"

कतिपयले त मकै खेतीको माया नै मारिसकेको बताएका छन् । यसरी फौजी किराले मकै बालि नष्ट गर्दा गा.वि.स. अनि जिल्ला कृषि विकास कार्यालयबाट फौजी किरा मार्ने तथा हताउने उपायहरु अपनाउनु आवश्यक छ ।

No comments:

Post a Comment