Tuesday, October 13, 2015

दरवाङ्ग-देविस्थान मोटरबाटो अझै सुचारु भएन्

              म्याग्दीको दरवाङ्गदेखि देविस्थानसम्म जोड्ने "दरवाङ्ग-देविस्थान मोटरबाटो" अझै सन्चालनमा आएको छैन्। दशैँ-तिहारजस्तो महत्वपुर्ण चाडपर्व नजिकिदै जाँदा समेट "दरवाङ्ग-देविस्थान मोटरबाटो समिटी"ले सडक मर्मतमा कुनै चाँसो देखाएको छैन्। उक्त मोटरबाटो निर्माण हुन नसक्नुमा भारतले गरेको नाकाबन्दीले गर्दा भएको पेट्रोलियम पदार्थको अभाव पनि प्रमुख कारण बनेको छ।


गत वर्षको चैत्र महिनाबाट मात्र सन्चालनमा आएको उक्त मोटरबाटोमा वर्षातको समयसँगै ठाउँ-ठाउँमा पहिरो गएपछि अबरुद्द बनेको सडक मर्मत नहुँदा अझै ठप्प छ। सडकको आखारिङ्गे भन्नेमा मात्र ५-६ ठाउँमा पहिरो गएको छ भने रुन्मा, मगरदाङ्ग, घरिथोक, पन्थोक र जुग्जामा पनि ठाउँ-ठाउँमा पहिरो गएपछि सडक निर्माणमर्मत र सन्चालनमा समस्या परेको हो। मोटरबाटो सन्चालनमा नआउँदा दशैँ-तिहारको अवसरमा घर फर्कने विधार्थी, लाहुरे, सहर बसाई सरेकाहरुले दु:ख व्यक्त गरेका छन्।


सरसफाई कार्यक्रम सम्पन्न

             देविस्थानको मगरदाङ्ग ५, ६ र ७ मा आउदै गरेको दशैँ-तिहारपर्वलाई लक्षित गरेर आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ। मगरदाङ्ग गाउँ सुधार समिटीको आयोजनामा करिव २०० जनाको जतिको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भत्केका बाटो-घाटो निर्माण तथा मर्मत गर्ने, बाटोमा रहेका झारपाट, प्लास्टिकहरु टिप्ने, खानेपानीको मर्मत गर्ने लगाएतका कार्यहरु भएका थिए।

यसका साथै देविस्थान ६ मा अवस्थित श्री गौ बोम बस्त माविमा पनि दशैँ-तिहार पर्वलाई लक्षित गरि विधालय सरसफाई र लिप्पोट कार्यक्रम सम्पन्न भएको छ।

Wednesday, August 19, 2015

बुकमारे जलवत क्षेत्र साना सिँचाई आयोजना

           बुकमारे जलवत क्षेत्र साना सिँचाई आयोजना (Bukamare Jalawat Small Irrigation Scheme) सिँचाई आयोजना देविस्थान गा.वि.स.अन्तर्गत वडा ५,६ बुकमारे भन्ने स्थानमा पर्दछ। यस सिँचाई आयोजनाको कुल लम्बाई ७२० मिटर जति रहेको छ जसमध्ये ३२० मिटर भाग पक्कि रहेको छ। यस आयोजनाका लागी सहमति र प्लान इन्टरनेस्नलको करिब ९ लाख ४० हजारको लागत, जिल्ला कृषि बिकास कार्यालय म्याग्दी अनि स्थानिय बाँसिको जन-श्रम दान  गरि जम्मा ११,२७,४२७ को लागतमा निर्माण गरिएको थियो ।