Monday, November 21, 2016

गौ बोम बस्त मावि १ का विरुद्ध ९ गोलले पराजित

                    म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५ औं जेसीज कप फुटबल प्रतियोगितामा गतबर्षको विजेता उद्घाटन खेल खेल्ने गरी आयोजकले केहीदिन अगाडी घोषण गरेको थियो । जसमा माउण्ट एभरेष्ट आवासीय मावि र देविस्थान गा.वि.स.को गौ बोमबस्त माविको उद्घाटन खेलको तालिका अनुसार दुवै विद्यालयका खेलाडीहरू मैदानमा उत्रिए ।


देविस्थानमा रहेको खेल मैदानमा अभ्यास गरिरहेका गौ बोमबस्त मावि खेलाडीहरूले माउण्टका खेलाडीहरूसंग प्रतिस्पर्धामा खुल्लामञ्चमा उत्रिएको केही समयपछि माउण्टका खेलाडीहरू हावी भए ।

खेलमा माउण्टका खेलाडीले १ का विरुद्ध ९ गोलको फराकिलो अन्तरले विजय सुरूवात गरे । घरेलु मैदान, खचाखच दर्शकको उपस्थिति, नियमित अभ्यास तथा विगतका अनुभव सहित खेल मैदानमा उपस्थिति भएका माउण्टका क्याप्टेन प्रविण हमालले पहिलो खेलमै ५ गोल प्रहार गरेर चर्चा मात्रै कमाएनन् जेसीजक कप फुटबलमा आफ्नो नेतृत्वमा रहेका खेलाडीहरूलाई उत्साहित बनाउँदै विपक्षीलाई झस्काउन सफल भएका छन् । भने श्री गौ बोमबस्त माविका खेलाडीहरु पहिलो खेलबाट नै बाहिरीएका छन् ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Sunday, October 23, 2016

फाइनलमा भोली जे.पी.सी. र दुखु भिड्दै

                         न्यु देविस्थान युवा क्लब राजदाङ्गले आयोजना गरेको दशै मेला २०७३ को फाइनलमा भोली जे.पी.सी. दरबाङ्ग र दुखुबेसी भिड्दै छन्। आज भएको सेमीफाइनल खेलमा जे.पी.सी. दरबाङ्गले ट्याक्सी ब्यबसाय टीमलाई १:० को अन्तरले गोल गर्दै जे.पी.सी. दरबाङ्ग फाइनलमा पुगेको हो भने दुखुले आयोजक न्यु देविस्थान युवा क्लब (NDYC) राजदाङ्गलाई १:० कै अन्तरले गोल गर्दै फाइनलमा पुगेको हो।

                         

न्यु देविस्थान कप २०७३ तथा दशै मेलाको फाइनल खेल भोली दिउसो सन्चालन हुने आयोजकले जनाएको छ। फाइनल खेल जित्नेले प्रथम पुरस्कार स्वरुप रु १,१५,००० रुपैयाँ हात पर्नेछ भने दोस्रो पुरस्कार रु ५५,००० रुपैयाँ रहेको छ। कसले प्रथम पुरस्कार हात पर्छ त्यो त भोलीको नतिजाले नै देखाउने छ।

                           Image result for football Final

                          Image result for football Final  

Friday, October 14, 2016

न्यु देविस्थान कप भोलीदेखी सुरु

                              रेक बर्ष न्यु देविस्थान युवा क्लब राज्दाङ्ग २,३ र ४ ले श्री भीम माविको प्राङ्गणमा आयोजना गर्दै आएको दशैमेला तथा न्यु देविस्थान कप २०७३ भोलीदेखि सुरु हुने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको र आज साँझ ५ बजेतिर तिम दर्ता कार्यलाई रोकेर भोलीदेखि नै मेलाको शुरुवाट गर्ने आयोजकले जानकारी दिएको छ।


यो समाचार तयार गर्दासम्म जम्मा ११ तिमको मात्र नाम दर्ता भएको र अझै तिम दर्ता कार्य जारी रहेको आयोजकले जानकारी दिएको छ। भोली १/२ म्याच मात्र हुनेछ। मेला करिब ८ देखि १० दिन सम्म लाग्ने अनुमान गरिएको छ।