म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५ औं जेसीज कप फुटबल प्रतियोगितामा गतबर्षको विजेता उद्घाटन खेल खेल्ने गरी आयोजकले केहीदिन अगाडी घोषण गरेको थियो । जसमा माउण्ट एभरेष्ट आवासीय मावि र देविस्थान गा.वि.स.को गौ बोमबस्त माविको उद्घाटन खेलको तालिका अनुसार दुवै विद्यालयका खेलाडीहरू मैदानमा उत्रिए ।
देविस्थानमा रहेको खेल मैदानमा अभ्यास गरिरहेका गौ बोमबस्त मावि खेलाडीहरूले माउण्टका खेलाडीहरूसंग प्रतिस्पर्धामा खुल्लामञ्चमा उत्रिएको केही समयपछि माउण्टका खेलाडीहरू हावी भए ।
खेलमा माउण्टका खेलाडीले १ का विरुद्ध ९ गोलको फराकिलो अन्तरले विजय सुरूवात गरे । घरेलु मैदान, खचाखच दर्शकको उपस्थिति, नियमित अभ्यास तथा विगतका अनुभव सहित खेल मैदानमा उपस्थिति भएका माउण्टका क्याप्टेन प्रविण हमालले पहिलो खेलमै ५ गोल प्रहार गरेर चर्चा मात्रै कमाएनन् जेसीजक कप फुटबलमा आफ्नो नेतृत्वमा रहेका खेलाडीहरूलाई उत्साहित बनाउँदै विपक्षीलाई झस्काउन सफल भएका छन् । भने श्री गौ बोमबस्त माविका खेलाडीहरु पहिलो खेलबाट नै बाहिरीएका छन् ।
[ स्रोत : म्याग्दीकाली डट् कम ]

No comments:
Post a Comment