Monday, March 23, 2015
तपाईलाई टाउको दुख्छ : याद राख्नुहोस्
टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन ! तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, धेरै चिसा, तनाव र थकान आदी हुन् ।
यदि तलका अवस्थाहरु देखिएमा सावधान हुनुहोस् किनकी यसले तपाईको ज्यान पनि लिन सक्छ । त्यसैले यि तलका अवस्थाहरु देखिएमा नजिकै को अस्पतालमा जानुहोस् :
1. टाउको दुखाईसंगै उल्टी भएमा
2. धेरै रिंगटा लागेमा
3. सहनै नसक्ने गरी दुखेमा
4. एउटा बस्तु दुईवटा देख्न लागेमा
5. बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
6. एउटा आँखाले अचानक देख्न छाडेमा
8. आँखा बांगिएमा
9. होस हराएमा वा बेसुरको कुरा गरेमा
10. मुख आंगिएमा
[ Source : मेरो सृजना, मेरो कलम ]
यदि तलका अवस्थाहरु देखिएमा सावधान हुनुहोस् किनकी यसले तपाईको ज्यान पनि लिन सक्छ । त्यसैले यि तलका अवस्थाहरु देखिएमा नजिकै को अस्पतालमा जानुहोस् :
1. टाउको दुखाईसंगै उल्टी भएमा
2. धेरै रिंगटा लागेमा
3. सहनै नसक्ने गरी दुखेमा
4. एउटा बस्तु दुईवटा देख्न लागेमा
5. बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
6. एउटा आँखाले अचानक देख्न छाडेमा
8. आँखा बांगिएमा
9. होस हराएमा वा बेसुरको कुरा गरेमा
10. मुख आंगिएमा
[ Source : मेरो सृजना, मेरो कलम ]
Saturday, March 21, 2015
गजल

लक्ष्मण ढकाल
पैयुँपाटा-४, बाग्लुङ्ग
हाल : बुद्धनगर, काठमाण्डौ
ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा-मिठा लहर खोज्दैछु
थाहा छैन के दिन्छौ तिमी जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु
बिसाउन सारा पल तिम्रो साथसँगै
अनौठो यो कस्तो रहर खोज्दैछु
सक्दिन होला ठुला ठुला महल त
त्यो मायालु मन बस्ने टहर खोज्दैछु
भन्छन मायामा छुट्टै आनन्द मिल्छ
त्यसैले तिम्रो साथको प्रहर खोज्दैछु
Subscribe to:
Posts (Atom)
