
लक्ष्मण ढकाल
पैयुँपाटा-४, बाग्लुङ्ग
हाल : बुद्धनगर, काठमाण्डौ
ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा-मिठा लहर खोज्दैछु
थाहा छैन के दिन्छौ तिमी जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु
बिसाउन सारा पल तिम्रो साथसँगै
अनौठो यो कस्तो रहर खोज्दैछु
सक्दिन होला ठुला ठुला महल त
त्यो मायालु मन बस्ने टहर खोज्दैछु
भन्छन मायामा छुट्टै आनन्द मिल्छ
त्यसैले तिम्रो साथको प्रहर खोज्दैछु
thanak you for posting
ReplyDeleteWelcome, Laxman !
Deletethank for notice
ReplyDeleteWelcome, dear.
Delete