Sunday, October 23, 2016

फाइनलमा भोली जे.पी.सी. र दुखु भिड्दै

                         न्यु देविस्थान युवा क्लब राजदाङ्गले आयोजना गरेको दशै मेला २०७३ को फाइनलमा भोली जे.पी.सी. दरबाङ्ग र दुखुबेसी भिड्दै छन्। आज भएको सेमीफाइनल खेलमा जे.पी.सी. दरबाङ्गले ट्याक्सी ब्यबसाय टीमलाई १:० को अन्तरले गोल गर्दै जे.पी.सी. दरबाङ्ग फाइनलमा पुगेको हो भने दुखुले आयोजक न्यु देविस्थान युवा क्लब (NDYC) राजदाङ्गलाई १:० कै अन्तरले गोल गर्दै फाइनलमा पुगेको हो।

                         

न्यु देविस्थान कप २०७३ तथा दशै मेलाको फाइनल खेल भोली दिउसो सन्चालन हुने आयोजकले जनाएको छ। फाइनल खेल जित्नेले प्रथम पुरस्कार स्वरुप रु १,१५,००० रुपैयाँ हात पर्नेछ भने दोस्रो पुरस्कार रु ५५,००० रुपैयाँ रहेको छ। कसले प्रथम पुरस्कार हात पर्छ त्यो त भोलीको नतिजाले नै देखाउने छ।

                           Image result for football Final

                          Image result for football Final  

Friday, October 14, 2016

न्यु देविस्थान कप भोलीदेखी सुरु

                              रेक बर्ष न्यु देविस्थान युवा क्लब राज्दाङ्ग २,३ र ४ ले श्री भीम माविको प्राङ्गणमा आयोजना गर्दै आएको दशैमेला तथा न्यु देविस्थान कप २०७३ भोलीदेखि सुरु हुने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको र आज साँझ ५ बजेतिर तिम दर्ता कार्यलाई रोकेर भोलीदेखि नै मेलाको शुरुवाट गर्ने आयोजकले जानकारी दिएको छ।


यो समाचार तयार गर्दासम्म जम्मा ११ तिमको मात्र नाम दर्ता भएको र अझै तिम दर्ता कार्य जारी रहेको आयोजकले जानकारी दिएको छ। भोली १/२ म्याच मात्र हुनेछ। मेला करिब ८ देखि १० दिन सम्म लाग्ने अनुमान गरिएको छ।



Monday, September 26, 2016

देविस्थान जाउँ, दशैँ मेलामा रमाऔ

                       उँदै गरेको बडा दसैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै न्यू देविस्थान युथ क्लब राजदाङ्गले बिबिध कार्यक्रमहरु गरी मेला आयोजना गर्ने भएको छ। सो मेलाका कार्यक्रमहरुमा पुरुष फुटबल, महिला फुटबल, भुपु फुटबल, तारोखेल, साँस्कृतिक कार्यक्रमलगाएतका छन् ।

कार्यक्रमहरु 
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य