Sunday, April 12, 2015

गजल ( नयाँ वर्ष विशेष )

   ✍ बालकुमार फगामी मगर

नयाँ सालको आगमनसंगै सम्बिधान आओस
शान्तिभुमी  नेपाल हो भन्ने पहिचान आओस

बिस्वसामु  बेइज्जती भो फोहोरी राजनितिले
सबैमा निर्धक्क नेपाली हौ भन्ने शान आओस

उठ,जुत ,कति लडछौ आपसमा हे नेताहरु हो
काम यस्तो गर,जताततैबाट सम्मान आओस

जताततै हिंसा उफ भगवानसंग पुकार छ फेरि
यहाँ शान्तिको प्रतीक परेवाको बथान आओस

अघिल्ला बर्षमा जे भए !त्यसलाइ बिर्सन पनि
योनयाँ बर्षमा यहाँ बिकासको तुफान आओस

 - म्याग्दी, देबिस्थान

Saturday, April 11, 2015

दरवाङ बजारमा विद्युत सुबिधा विस्तार

दरवाङ, २८ चैत्र ।

म्याग्दीको दोस्रो सदरमुकामको रुपमा मानिएको पश्चिमी क्षेत्रका ब्यापारीक केन्द्र दरवाङमा शनिबार केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तार गरिएको छ । उपभोक्ता, जिल्ला विकास समिति, विद्युत प्राधिकरण, गाविस कार्यालयको सहयोग तथा ऋण गरि कुल ७२ लाख ३८ हजार ४७० रुपैयाको लागतमा सम्पन्न उक्त विद्युतीकरण योजनाबाट दरवाङ गाविसको १ र २को साथै देविस्थान ९ थापाचौर र रानीबासका २४७ घरमा विद्युती सुबिधा पुगेको छ । उपभोक्ताको २६ लाख ७८ हजार ९९१, जिविसको गत आर्थिक वर्षको १५ लाख, विद्युत प्राधिकरणको गत वर्षको दुई लाख ८० हजार सामाग्री सहयोग, दरवाङ गाविसको दुई लाख, देविस्थानको ५० हजार र विबिध आम्दानी ६ हजार तथा आठ लाख रुपैया ऋण खर्च भैसकेको छ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा बिनियोजन गरेको २० लाख र विद्युत प्राधिकरणले बिनियोजन गरेको १० लाख प्राप्त हुन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ । ९२ वर्षिय पदमपाणी सापकोटा, सभाषद्द्धय नवराज शर्मा र रेशमबहादुर बानियाले बिजुली बत्ति बालेर योजनाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै सभाषद् शर्मा र बानियाले विद्युतीकरणसंगै दरवाङ बजारको थप विकासमा टेवा मिलेको बताउनुभयो ।

तस्विर :  म्याग्दी अनलाइन डट् कम 

उहाँहरुले विद्युतीकरणका लागि उपभोक्ताले गरेको योगदान सहनीय भएको भन्दै दरवाङको अन्य वडा तथा छिमेकी गाविसहरुमा पनि विद्युत सुबिधा बिस्तारका लागि पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य तथा पुर्व सभाषद् गोविन्द पौडेल, राप्रपाका एकेन्द्र रावल र राष्ट्रिय जनमोर्चाका छवी बिकले मन्तब्य व्यक्त गर्नुभएको थियो । दरवाङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बिरबहादुर कार्कीको अध्यक्षता, सचिव मोतीराज गौतमको सञ्चालन र सदस्य मेखबहादुर बुढाको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गौमती चापागाईले आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने दरवाङ गाविसका सचिव शिव शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गजल

कतारमा मृत्युदण्ड सजाय सुनाइएका कुशलको मनोभावनामा आधारित गजल

                                                                                      ✍  बालकुमार फगामी मगर
                                                                                            देबिस्थान,  म्याग्दी
मृत्युदण्डको सजाय छ आमा हत्याको केसमा
अन्जानको दुर्घटनाले ज्यानै जाने भो परदेशमा

धन कमाइ परिवार पाल्ने थियो मनसाय मेरो
तर आज कालकोठरिमा छु अपराधीको भेषमा

गल्ती भयो माफी माग्छु सबै मृतक परिवारमा
आक्रोशको ज्वाला होला सबैमा यो परिवेशमा

सबैले पहल गरि मृतक परिवारलाइ मनाइदिए
फर्किन्छु आमा मृत्यु जितेर जिन्दगिको रेसमा

सक्छौ अहिल्यै सहयोग गरि दिनु सबैले मेरो
भोपर्दैन सहानुभूति पछि मेरो भग्नाअबशेषमा

( फेसबुक पेज :- एउटा बाटो बिराएको मान्छे )

Saturday, April 4, 2015

जोखिममा ज्यान

                म्याग्दीको दरबाङ हुँदै ताकम सिवाङ सडक खण्डमा जिर्ण सडकमा जोखीम मोलेर यात्रु बोकेको बस । सडकको स्तरउन्नती नहुँदा जोखीम मोलेर यस क्षेत्रमा सवारी सञ्चालन हुँदै आएको छ ।

तस्बिरः कमल खत्री, म्याग्दी ।