Saturday, December 26, 2015

आँशुसँगै झरि गयौ

 स्‍मृति पुर्जा
राम्चे- ३, म्याग्दी ।

आँशुसँगै  झरि  गयौ  सायद  गहमा  तिमी छौ
चोट लाग्यो दुखी भएँ सायद बहमा तिमी छौ ।

अंधेरी नि प्यारो लाग्छ साथ पाए त्यो दिलको
शीतल दिने जुनको सायद टहटहमा तिमी छौ ।

जब चल्छ धड्कन वेसी तब आउँछ याद तिम्रो
यो मुटुको  कुना कुना  सायद  तहमा तिमी छौ ।

अग्नीमा पस्छु जँघारै तर्छु पाउँछु भने तिमीलाई
डुबी  गएँ  सागरभित्र  सायद  दहमा  तिमी छौ ।

तिमी देख्छु तब हाँस्छु,  तिमी लुक्छौ तब रुन्छु
खुसी अनि हरक्षणको सायद विरहमा तिमी छौ ।

साभार : बिम म्याग्दी डट् कमबाट ]

No comments:

Post a Comment