Monday, September 26, 2016

देविस्थान जाउँ, दशैँ मेलामा रमाऔ

                       उँदै गरेको बडा दसैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै न्यू देविस्थान युथ क्लब राजदाङ्गले बिबिध कार्यक्रमहरु गरी मेला आयोजना गर्ने भएको छ। सो मेलाका कार्यक्रमहरुमा पुरुष फुटबल, महिला फुटबल, भुपु फुटबल, तारोखेल, साँस्कृतिक कार्यक्रमलगाएतका छन् ।

कार्यक्रमहरु 
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य

Monday, September 12, 2016

दरबाङलाई केन्द्र बनाउन देविस्थानबासीको माग

                         म्याग्दीको पश्चिममा पर्ने जिल्लाकै दोश्रो ब्यापारीक केन्द्र दरबाङलाई प्रस्तावित मालिका गाउँपालिकाको केन्द्र बनाउन देविस्थानबासीहरुले माग गरेका छन्। त्यसका साथै दरबाङ्ग, निस्कोट, रुम, ओखरबोट, विम र अर्मन गाविसका स्थानीयले पनि दरबाङ्गलाई केन्द्र बनाउन माग माग गरेका छन् ।

स्थानीय तह पुर्नसंरचना सरोकार समिति दरबाङकी संयोजक सुनमायाँ गुरुङ्गले जिल्लास्तरबाट पुर्नसंरचना आयोगमा दरबाङ क्षेत्रमा नगरपालिकाको प्रस्ताब गरिएको भन्दै त्यसमा स्थानीयको सहमति नभएको बताईन् । "पश्चिम क्षेत्रको भौगोलिक विकट, यातायात, सञ्चार, शिक्षा, खानेपानीका कारणले पनि नगरपालिका बनाउन संभव छैन”, उनले भनिन्, ‘त्यसका लागि गाउँपालिका नै बनाउनुपर्छ र केन्द्र दरबाङलाई तोकिनुपर्छ ।” ज्ञापन पत्र बुझाउन हरेक गाविसका बुद्धिजीवि तथा समाजसेवीहरुको सहभागिता थियो । गाउँपालिकाका लागि दरबाङमा पर्याप्त जग्गा नभएको भन्ने कुरा निराधार भएको दरबाङका युवा हिरा पुनले बताए ।

[ साभार : म्याग्दी अनलाईन डटकम ]

Sunday, September 4, 2016

घरीथोकको डाडाकटेरीमा पहिरो खस्यो, एक बेपत्ता

                शुक्रबार राती म्याग्दीको देविस्थान–५ घरथोकको डाडाकटेरीमा पहिरोले दुई घर पुरिएका छन् । भग बहादुर घर्ती र करिमा बुढाको घर पुरिएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । पहिरोमा पुरिर एक जना बेपत्ता भएको जानकारी आएपनि पुष्टी हुन सकेको छैन ।

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय दरवाङका निरिक्षक उपेन्द्रपुरुष तिमिल्सिनाको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ । पहिरोमा पशुचौपाया समेत परेपनि क्षतीको विवरण प्राप्त नभएको म्याग्दीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । ‘घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली गएको छ । स्थानीयबासीसंग सहकार्य गरेर बैकिल्पक ब्यवस्था गरिन्छ’ उनले भने । शुक्रबार राती पश्चिम म्याग्दीमा बर्षा भएको थियो ।

[ साभार : http://myagdikali.com/82886.html ]