Monday, September 12, 2016

दरबाङलाई केन्द्र बनाउन देविस्थानबासीको माग

                         म्याग्दीको पश्चिममा पर्ने जिल्लाकै दोश्रो ब्यापारीक केन्द्र दरबाङलाई प्रस्तावित मालिका गाउँपालिकाको केन्द्र बनाउन देविस्थानबासीहरुले माग गरेका छन्। त्यसका साथै दरबाङ्ग, निस्कोट, रुम, ओखरबोट, विम र अर्मन गाविसका स्थानीयले पनि दरबाङ्गलाई केन्द्र बनाउन माग माग गरेका छन् ।

स्थानीय तह पुर्नसंरचना सरोकार समिति दरबाङकी संयोजक सुनमायाँ गुरुङ्गले जिल्लास्तरबाट पुर्नसंरचना आयोगमा दरबाङ क्षेत्रमा नगरपालिकाको प्रस्ताब गरिएको भन्दै त्यसमा स्थानीयको सहमति नभएको बताईन् । "पश्चिम क्षेत्रको भौगोलिक विकट, यातायात, सञ्चार, शिक्षा, खानेपानीका कारणले पनि नगरपालिका बनाउन संभव छैन”, उनले भनिन्, ‘त्यसका लागि गाउँपालिका नै बनाउनुपर्छ र केन्द्र दरबाङलाई तोकिनुपर्छ ।” ज्ञापन पत्र बुझाउन हरेक गाविसका बुद्धिजीवि तथा समाजसेवीहरुको सहभागिता थियो । गाउँपालिकाका लागि दरबाङमा पर्याप्त जग्गा नभएको भन्ने कुरा निराधार भएको दरबाङका युवा हिरा पुनले बताए ।

[ साभार : म्याग्दी अनलाईन डटकम ]

No comments:

Post a Comment