Friday, August 17, 2018

फेवा डान्स आईडलको दोश्रो चरणमा देविस्थानको थाली नृत्य

             फेवा डान्स आइडलको म्याग्दी जिल्ला अडिसन सम्पन्न भएको छ ।“संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनका लागि फेवा टेलिभिजनद्धारा आयोजित फेवा डान्स आइडल सिजन १ गण्डकी प्रदेश स्तरिय सामुहिक लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७५” को म्याग्दी अडिसन शुक्रबार बेनिमा सम्पन्न भएको हो । होटेल यतिमा आयोजना भएको सो अडिसनमा जिल्लाका १२ समुहले सहभागिता जनाएका थिए ।

सहभागि मध्य ६ समुह दोस्रो चरणका लागि छनौट भएको कार्यक्रम संयोजक सुजन बरालले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मंका खलः नागा नागिनि नृत्य, मालिका गाउँपालिका वडा नं ५ देविस्थानका थालि नृत्य, बेनि आवासिय माबिको नृत्य, माउण्ट एभरेष्ट आवासिय माबिको नृत्य र बेनि नगरपालिका वडा नं ७ को फ्रि स्टार नृत्य गरि ६ समुह दोस्रो चरणका लागि प्रवेश गरेका छन ।

देविस्थानको अमृता गुरुङ्ग र अशु फागामीले देविस्थानको चिनारी गितमा थाली नचाउदै दोश्रो चरणमा प्रवेश गरेका हुन । दोस्रो चरणमा प्रवेश गरेका समुहलाइ “वेलकम टु पोखरा”को कार्ड प्रदान गरिएको थियो।

No comments:

Post a Comment