Wednesday, July 18, 2018

३५ लाखको पुल, लाखौ-लाख भ्रष्टाचार

देविस्थान, म्याग्दी
श्रावण ०२ ।
              
          म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमानामा फेदी स्थित दाङ्ग खोलामा बनाइएको पुल सोचे भन्दा निकै बढी बजेट लागेर बनाइएको भन्ने समाचार हरु यतिबेला बजारमा पाइन्छ।
उक्त पुलको कुल लागत ३५,०८,०४८।- (पैंतिस लाख अाठ हजार अठचालिस रुपैँया ) रहेको समाचारमा उल्लेख छ।

म्याग्दी अनलाइन नामक अनलाइन पोर्टल बात प्रकाशित समाचारमा यो कुरा स्पस्ट पारिएको हो। यसबारे दाङ्खोला अस्थाई पुल निर्माण उपभोक्ता समितिले बिज्ञप्ति निकालेर आफुहरुको गल्ति नरहेको सरकारी संयन्त्रकै ढिला सुस्तिको कारण यस्तो हुन पुगेको बताएको छ। तर जे जस्तो बहेपानी जसको गल्ति भएपनि त्यति सामान्य अस्थाई पुलको लागि ३५ लाख माथि खर्च हुनु निकै हास्यास्पद कुरा हो।

पुलमा भन्दा धेरै पैसा सम्बन्धितहरुको खल्तीमा पुगेको कुरा जस्तो लाटाले पनि सहजै अनुमान लगाउन सक्छ।
मन्त्रि परिषदको कार्यलय मार्फत यसको सत्य तथ्य बुझेर दोषी उपर कडा कारबाही गरिने हेलो सरकारले जानकारी गराएको छ।

[ साभार : आर एम खबर डट कम ]

No comments:

Post a Comment