Friday, May 8, 2015

धुन्द्रुक खोला

                   धुन्द्रुक खोला देविस्थान गाविस अन्तर्गत मगरदाङ्ग गाउँमा पर्दछ । यो खोलाको मुहान जङ्गलबाट सुरु भएर दाङ्ग खोलामा गएर मिसिएको छ ।
धुन्द्रुक खोलाले गर्दा यस खोला वरिपरीका कृषकहरुलाई सिँचाईको लागि सजिलो भएको छ । तर यो खोला साह्रै गहिराई र खोचमा बगेको हुनाले पनि अलि अप्थेरो पर्ने गरेको छ । यो खोलामा धेरै झर्ना र तालहरु रहेका छन् ।






एसेलु ( Raspberry )

                 सेलु बनपाखामा फल्ने रसिलो फल हो । यसलाई अङ्रेजीमा Raspberry भनिन्छ । यो बिभिन्न थरीको हुन्छ । हाम्रो देविस्थानमा यो पहेलो र रातो गरी २ प्रकारको पाईन्छ । यही बैशाख-जेष्ठको समयमा फल्ने एसेलु देविस्थानको सबै ठाउँहरुमा पाईन्छ । एसेलुको काण्ड महत्वपुर्ण जडीबुटी हो ।

                      

यसका फाईदाहरु ;
१. मस्टिष्कको सोच्ने क्षमता बढाउछ
२. मुटुसम्बन्धी रोगहरु लाग्नबाट बचाउछ
३. विभिन्न किसिमका क्यान्सर हुनबाट जोगाउछ जस्तै : मुखको क्यन्सर, फोक्सोको क्यान्सर, पाचन नलिको क्यान्सर, प्यन्कृयाजको क्यान्सर, आन्द्राको क्यान्सर
४. मधुमेहमा ब्लड सुगरको मात्रा सन्तुलन गराउछ
५. भिटामीन सी प्रस्शत मात्रामा पाइन्छ ।
६. आँखालाई UV Light बाट बचाउँछ ।



बुद्ध जयन्तीको अवसरमा देउताभीर मेला सुरु

                  देउताभीर युवा क्लब मगरदाङ्ग ५,६ र ७ ले २५५९औं बुद्ध जयन्तीका अवसरमा यही चैत्र २१ गतेबाट सुरुहुने गरि आयोजना गरेको मेला हिजोबाट सुरु भएको छ । हिजो बिम र देउताभीर युवा क्लब मगरदाङ "सि" बिच भएको खेलमा बिम ले एक गोल को अन्तरले जित्न सफल भएको थियो ।
खेल सुरु हुनुभन्दा एक दिन आगाडी अभ्यास खेल खेल्दै खेलाडीहरु
क्लबले मेलामा फुटबल, तरोखेल, थेलो, लठो तान्ने खेल (महिला ,पुरुष ) लगएतका अन्य रमाईला खेलहरु पनि समाबेश गरेको मेला आयोजना समितीका अध्यक्ष घन बहादुर फगामीले बताउनुभयो ।

फिलोको लागि तारो हान्दै गर्दा 
समितीले फुटबल खेलको लागि प्रथम पुरस्कार रु ६०,०००/- र द्धितिय पुरस्कार रु ३५,०००/- तोकेको थियो भने प्रबेश शुल्क रु ६०००/- तोकेको थियो । त्यस्तै तारो खेलको लागि प्रथम पुरस्कार रु ३०,०००/- र द्धितिय पुरस्कर रु २०,०००/- तोकेको थियो । फुटबल खेलमा २२ टिमको सहभगिता रहेको छ ।

झन्डी-बुर्जा खेल्दै