देउताभीर युवा क्लब मगरदाङ्ग ५,६ र ७ ले २५५९औं बुद्ध जयन्तीका अवसरमा यही चैत्र २१ गतेबाट सुरुहुने गरि आयोजना गरेको मेला हिजोबाट सुरु भएको छ । हिजो बिम र देउताभीर युवा क्लब मगरदाङ "सि" बिच भएको खेलमा बिम ले एक गोल को अन्तरले जित्न सफल भएको थियो ।
 |
खेल सुरु हुनुभन्दा एक दिन आगाडी अभ्यास खेल खेल्दै खेलाडीहरु |
क्लबले मेलामा फुटबल, तरोखेल, थेलो, लठो तान्ने खेल (महिला ,पुरुष ) लगएतका अन्य रमाईला खेलहरु पनि समाबेश गरेको मेला आयोजना समितीका अध्यक्ष घन बहादुर फगामीले बताउनुभयो ।
 |
फिलोको लागि तारो हान्दै गर्दा |
समितीले फुटबल खेलको लागि प्रथम पुरस्कार रु ६०,०००/- र द्धितिय पुरस्कार रु ३५,०००/- तोकेको थियो भने प्रबेश शुल्क रु ६०००/- तोकेको थियो । त्यस्तै तारो खेलको लागि प्रथम पुरस्कार रु ३०,०००/- र द्धितिय पुरस्कर रु २०,०००/- तोकेको थियो । फुटबल खेलमा २२ टिमको सहभगिता रहेको छ ।
 |
झन्डी-बुर्जा खेल्दै |
No comments:
Post a Comment