Wednesday, March 2, 2016

भिम माविको स्वर्ण जयन्ति बैशाखमा

                  देविस्थान गा.वि.स.को पहिलो विधालय श्री भीम माध्यमिक विधालयले आफ्नो स्वर्ण जयन्ती मनाउने भएको छ। "देवीस्थान बासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्दता" भन्ने मूल नाराका साथ मनाउन लागिएको स्वर्ण जयन्ती यहि २०७३ वैशाख ३ गतेका दिनदेखि सुरु हुने भएको छ।

बिद्यालयको स्वर्ण जयन्तिको अबसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका शिक्षा प्रेमीहरुलाई आर्थिक तथा भौतिक सहयोग गरिदिन अपिल गर्नुका साथै स्वर्ण जयन्तीको अवसरमा  विभिन्न कार्यक्रमहरु गर्ने जानकारी समेत गराएको छ।


Monday, February 29, 2016

कुश्मामा नचाए लोकदोहोरी गायक कुमार पुनले

                          हाम्रै देविस्थानका लोकदोहोरी गायक कुमार पुनले पुन युवा क्लव पर्वत कुश्माको आयोजनामा भइरहेको साँस्कृतीक कार्यक्रममा साझँ कुश्मा बजारमा धमाका मच्चाएका छन् । पुनले पर्वतमा पहिलो पटक आफ्नो सांगितिक प्रस्तुती दिँदै पुन क्लवको खेल मैदानमा जम्मा भएका लोकसंगितका पारखी सयौं सर्बसाधारणालाई "तिम्रै पिर छ मलाई जति नि मनको सुख भएन नि हैनअरुको तिम्रै हुँ म जति दिन भएनी भैन अरुको" भनेर गाउँदा निकै उत्साह छाँएको थियो ।


"म पनि मगर कै छोरा हुँ तपाई हाम्रै समाज नयाँ बनाउने हो" भन्दै कुमारले लगातार गित गाए तर सर्बसाधारण भने चिसो मौसमको प्रबाह धुलो उडाउँदै नाचिनै रहे । उनले लाछा डोरी उनैको औठी सुनैको दिउँला पछ्यौरी घाराबुनैको, झल्को आउँछ निदरी आउँदैन लगायतका गित गायक थिए ।

[ साभार : सुचना केन्द्र ]

Sunday, February 28, 2016

दोस्रो टोड्के महोत्सवको तयारी तिब्र

                     म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हुने दोस्रो टोड्के महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म हुने महोत्सवमा बिहिबार सम्म करिव ११ लाख आर्थिक संकलन भएको छ । ‘महोत्सव जिल्लाको पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने छ ।


पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटक स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण, स्थानीय उत्पादन,सामुदायिक लज, भि–टावर निर्माण लगाएतका पूर्वााधार बनाउने योजना समेत रहेको छ। रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् ।

पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमशृङखला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको थियो ।

साभार : बेनी अन्लाईन ]