Friday, May 4, 2018

देउताभीर मेला २०७६ को फुटबलको प्रथम पुरस्कार रानाले दिने

देविस्थान २२ !
                मालिका गा.पा. वडा ५ मा अवस्थित मगरदाङ्गको देउताभीर युवा क्लबले बुद्धजयन्तिको अवसरमा हरेक बर्ष आयोजना गर्ने "बुद्धजयन्ती तथा देउताभीर मेला" यस वर्ष पनि धमाधम चलिरहेको छ। त्यही क्रममा "बुद्धजयन्ती तथा देउताभीर मेला-२०७६" वा अर्को बर्षको पुरुष फुटबलको प्रथम पुरस्कार सविकको देविस्थान गा.वि.स. वडा नं.६ निवासी कुसिमान रानाले पुरस्कार प्रायोजन गर्ने बाचा गर्नुभएको छ।

हिजो बैशाख २१ गते भएको अतिथी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रममा सो कुराको जानकारी गराउनु भएको थियो साथै सो कार्यक्रममा उहाँले पुरुष र महिलाको एक/एक सेट जर्सी समेट उपलब्ध गराउनुभएको थियो । आगामी वर्ष २०७६ मा हुने पुरुष फुटबलको प्रथम पुरस्कार अनुमानित ७०-८० हजार कुसिमान रानाले पुरस्कार प्रायोजन गर्ने बाचा गर्नु भएको छ।

तामाखानी युवा क्लब vs मालिका युवा क्लब LIVE


फुल टाईम : जुग्जा १-० ले विजय ।(TYC 0 :1 MYC)

हाफ+२१ मिनेट : जुग्जाको राम्रो प्रहार तर गोल हुन सकेन । (TYC 0 :1 MYC)

हाफ+२० मिनेट : ३ मिनेट थप गरिएको छ ।(TYC 0 :1 MYC)

हाफ+१९ मिनेटगोल जुग्जा-8 ले राम्रो गोल गर्न सफल ।(TYC 0 :1 MYC)

हाफ+१८ मिनेट : बल आउट, थ्रो गर्ने मौका जुग्जालाई थ्रो गर्दै जुग्जा-15.(TYC 0 : 0 MYC)

हाफ+१४ मिनेट : जुग्जा-77 द्वारा ह्याण्ड, ओखरबोटले "डी" एरिया नजिकै फ्री किक पाएको थियो । (TYC 0 : 0 MYC)

हाफ+१२ मिनेट : लामो बल प्रहार गर्दै ओखरबोट-23.(TYC 0 : 0 MYC)

हाफ+१० मिनेट : बल ग्राउण्ड बाहिर थ्रो गर्दै जुग्जा-33.(TYC 0 : 0 MYC)

हाफ+७ मिनेट : ओखरबोटलाई राम्रो मौका थियो तर बल जुग्जाको किपरद्वारा बहिरिएको छ ।(TYC 0 : 0 MYC)

हाफ+७ मिनेट : जुग्जाद्वारा राम्रो किक प्रहार तर गोल हुन सकेन ।(TYC 0 : 0 MYC)

हाफ+४ मिनेट : थ्रो गर्दै जुग्जा । बल फेरि बाहिर थ्रो गर्दै MYC-३३. (TYC 0 : 0 MYC)

हाफ+२ मिनेट : ओखरबोटले 14(बाहिर) र 11 (भित्र) खेलाडी फेरेको छ । (TYC 0 : 0 MYC)

हाफ टाईम पछिको खेल सुरु भएको छ ।

हाफ टाईम (Half Time) : (TYC 0 : 0 MYC)

२० मिनेट : २ मिनेट थप ।(TYC 0 : 0 MYC)

१९ मिनेट : बल आउट, थ्रो गर्दै MYC-13. (TYC 0 : 0 MYC)

१७ मिनेट : Ball Possasion TYC=45%, MYC=55%. (TYC 0 : 0 MYC)

१५ मिनेट : लामो बल प्रहार तर बल गोलपोस्त भन्दा धेरै टाढा बाहिरिएको छ। (TYC 0 : 0 MYC)

१३ मिनेट :  बल आउट थ्रो गर्दै MYC-8. (TYC 0 : 0 MYC)

11 मिनेट : राम्रो प्रहार तर बल जाली बाहिर । (TYC 0 : 0 MYC)

९ मिनेट : पानी परिरहेको छ तैपनी खेल घम्साघम्सी चलिरहेको छ। (TYC 0 : 0 MYC)

६ मिनेट : राम्रो प्रहार थियो TYC-19 को तर गोल हुन सकेन । (TYC 0 : 0 MYC)

४ मिनेट : बल आउट, थ्रो गर्ने मौका ओखरबोटलाई ।(TYC 0 : 0 MYC)

मिनेट : जुग्जा(MYC)को राम्रो प्रयास तर बल बाहिरिएको छ। (TYC 0 : 0 MYC)

खेल सुरु भयो ।

- रेफ्री : ह्याप्पी सिउथानी मगर (साईड रेफ्री किटिनाथ बुढा)
- तामाखानी युवा क्लब (TYC) पहेलो जर्सीमा हुनुहुन्छ भने मालिका युवा क्लब (MYC) निलो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ नरेश घर्ती
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो खेल पहिलो चरणको अन्तिम खेल हो।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- नरेश घर्ती मगर (एन्कोरिङ्ग)

Thursday, May 3, 2018

भुपु फुटबल Live Score Table

SEMI-FINAL GAME ::
१. NDYC 1 : 0 PMYC
२. DYC "A" 5 : 2 DYV "B"

FINAL GAME ::
१. DYC "A" 0 : 2 NDYC

माथी छोटकरी रुपमा लेखिएको हुनाले, नबुझिएमा तल हेर्नुहोला ।
- DYC (देउताभीर युवा क्लब, मगरदाङ्ग)
- NDYC (न्यु देविस्थान युवा क्लब, राजदाङ्ग)
- PMYC (पश्चिम म्याग्दी युवा क्लब, दरबाङ्ग)

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला अध्यक्ष)
- मानव सिउथानी (खेल अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र राना मगर (एन्कोरिङ्ग)