देविस्थान २२ !
मालिका गा.पा. वडा ५ मा अवस्थित मगरदाङ्गको देउताभीर युवा क्लबले बुद्धजयन्तिको अवसरमा हरेक बर्ष आयोजना गर्ने "बुद्धजयन्ती तथा देउताभीर मेला" यस वर्ष पनि धमाधम चलिरहेको छ। त्यही क्रममा "बुद्धजयन्ती तथा देउताभीर मेला-२०७६" वा अर्को बर्षको पुरुष फुटबलको प्रथम पुरस्कार सविकको देविस्थान गा.वि.स. वडा नं.६ निवासी कुसिमान रानाले पुरस्कार प्रायोजन गर्ने बाचा गर्नुभएको छ।
हिजो बैशाख २१ गते भएको अतिथी सम्मान तथा विविध साँस्कृतिक कार्यक्रममा सो कुराको जानकारी गराउनु भएको थियो साथै सो कार्यक्रममा उहाँले पुरुष र महिलाको एक/एक सेट जर्सी समेट उपलब्ध गराउनुभएको थियो । आगामी वर्ष २०७६ मा हुने पुरुष फुटबलको प्रथम पुरस्कार अनुमानित ७०-८० हजार कुसिमान रानाले पुरस्कार प्रायोजन गर्ने बाचा गर्नु भएको छ।
No comments:
Post a Comment