Monday, May 7, 2018

फाईनल : सिवाङ्ग vs मगरदाङ्ग (A) LIVE ( 2 : 1 )

फुल टाईम (Full Time) : मगरदाङ्गलाई सिवाङ्गले २-१ को अन्तरले पराजय गर्दै युनिटी युवा क्लब, सिवाङ्गले देउताभीर मेला-२०७५को महिला फुटबलको प्रथम स्थान हासिल गर्न सफल भएको छ । सिवाङ्गलाई "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२३ मिनेट : बल आउट, थ्रो गर्ने मौका सिवाङ्गलाई ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२२मिनेट : राम्रो पोस्ट प्रहार। सिवाङ्गको किपरबाट राम्रो बचावट । (सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+२०मिनेट : ४ मिनेट थप ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१८ मिनेट : बल आउट, बल थ्रो गर्ने मौका सिवाङ्गलाई ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१७ मिनेट : बल फल, किक हान्ने मौका सिवाङ्गलाई। किक हान्दै जर्सी नं ५ ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१४ मिनेट : मगरदाङ्गलाई गोल गर्ने अवसर तर गोल गर्नबाट चुक्यो ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+१२ मिनेट : गोल । सिवाङ्गले फेरि पनि १ मा १ थप्दै २ गोल गर्न सफल ।(सिवाङ्ग 2 : 1 मगरदाङ्ग)

हाफ+८ मिनेट : सिवाङ्गको राम्रो बल पास थियो तर बल बाहिरियो । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

हाफ+२ मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । गोल गर्ने राम्रो अवसर तर किपरबाट राम्रो बचावट । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम (Half Time) : (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

२६ मिनेट : सिवाङ्गलाई राम्रो अवसर तर गोल हुन सकेन ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

२५ मिनेट : २ मिनेट थप ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१९ मिनेट : मगरदाङ्गलाई राम्रो अवसर । तर गोल हुन सकेन । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१७ मिनेट : बल फल, किक हान्ने मौका सिवाङ्गलाई । किक हान्दै जर्सी नं ५ । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१३ मिनेट : बल फल, किक हान्ने मौका मगरदाङ्गलाई। किक हान्दै जर्सी नं१० । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१२ मिनेट : मगरदाङ्गलाई गोल गर्ने राम्रो अवसर । किपरबाट राम्रो बचावट । थ्रो गर्दै मगरदाङ्ग ।(सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

१० मिनेट : बल आउट, थ्रो गर्ने मौका मगरदाङ्गलाई । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

९ मिनेट : गोल । मगरदाङ्गको खेलाडीले पनि गोल गर्न सफल । (सिवाङ्ग 1 : 1 मगरदाङ्ग)

५ मिनेट : लामो बल प्रहार तर मगरदाङ्गको किपरबाट राम्रो बचावट ।(सिवाङ्ग 1 : 0 मगरदाङ्ग)

३ मिनेट : गोल । सिवाङ्गको जर्सी-५ खेलाडीको उत्कृष्ट गोल । (सिवाङ्ग 1 : 0 मगरदाङ्ग)

खेल सुरु ।

राष्ट्रिय गित सुरु ।

सबै खेलाडीहरु मैदानमा उपस्थित भएका छन् ।

- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को महिला फुटबलको फाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)

भोलि फाईनलमा मगरदाङ्ग (A) र मगरदाङ्ग (B) भिड्दै

बैशाख २४ ।
देविस्थान, म्याग्दी ।

      २५६२ औ बुद्धजयन्तीको पावन अवसरमा देउताभीर युवा क्लब मगरदाङ्गले आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७५" को फाईनल खेलमा आयोजककै "A" र "B" भोलि भिड्ने भएका छन् । देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८-२ को भारी अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो भने देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई २-१ को अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो ।

आज भएको पहिलो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८, १८, २४, ३०, HT+१९, HT+२१, HT+२४ र HT+२९ मिनेटमा गोल गरेको थियो भने  गौ बोमबस्तले खेलको ८ र HT+२५ मिनेटमा गोल गरेको थियो । यसरी ८-२ को भारी अन्तरले जित निकाल्दै फाईनलमा पुगेको हो। त्यस्तै दोश्रो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई खेलको ९औ मिनेटमा गोल गर्दै अग्रता लिएको देउताभीर युवा क्लब "B" लाई हाफटाईम पछिको १७औ मिनेटमा गोल गर्दै बराबरीमा रोकेको थियो भने देउताभीर युवा क्लब "B" ले इन्जुरी टाईममा वा खेल सकिन १ मिनेट आगाडी (HT+३३मिनेटमा) मात्र उत्कृष्ट गोल गर्दै २-१ को अग्रता लिदै अन्त्यमा देउताभीर युवा क्लब "B" फाईनल प्रबेश गरेको हो ।

सेमिफाइनल : मगरदाङ्ग (A) vs मगरदाङ्ग स्कुल LIVE ( 8 : 2 )

फुल टाईम : स्कुल टिमलाई ८-२ को भारी अन्तरले जित हासिल गर्दै मगरदाङ्ग-ए फाइनलमा प्रबेश ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+३२ मिनेट : बल आउट, थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 8 : 2 SGBBSS)

हाफ+३० मिनेट : ४ मिनेट थप । (DYC"A" 8: 2 SGBBSS)

हाफ+२९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी१५ द्वारा राम्रो गोल । डी एरियाभित्र ह्याण्ड बल । पेनल्टी मौका, फेरि गोल । (DYC"A" 8 : 2 SGBBSS)

हाफ+२७ मिनेट : स्कुल टिमको किपर नै  मध्य ग्राउण्डमा ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२५ मिनेट : गोल । स्कुल टिम जर्सी-८ दिनेशको राम्रो गोल प्रहार ।(DYC"A" 6 : 2 SGBBSS)

हाफ+२१ मिनेट : गोल। मगरदाङ्ग-ए जर्सी-२३ को फेरि राम्रो गोल । (DYC"A" 6 : 1 SGBBSS)

हाफ+१९ मिनेट : गोल । मगरदाङ्ग-ए जर्सी-२३ को राम्रो पोस्ट प्रहार । गोल गोल गोल ।।।(DYC"A" 5 : 1 SGBBSS)

हाफ+१९ मिनेट : स्कुल टिम जर्सी-९ को राम्रो प्रहार। किपरबाट बचावट ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१५ मिनेट : मगरदाङ्ग-ए लाई डी एरिया नजिकै फ्री किक । लामो प्रहार तर बल बाहिरियो ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१४ मिनेट : स्कुल टिमको राम्रो बल पास थियो तर जर्सी-११ ले क्याछ गर्ने सकेन ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+१२ मिनेट : मगरदाङ्ग-ए को राम्रो बल पास थियो । गोल गर्ने मौका । धन्न गोल, बल गोलपोस्टको खम्बामा लागेर बाहिरिएको छ ।(DYC"A" 4 : 1 SGBBSS)

हाफ+११ मिनेट : स्कुल टिमलाई लामो बल प्रहार गर्ने मौका । बल गोल नजिकै गयो तर गोल हुन सकेन । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+९ मिनेट : मगरदाङ्ग-ए को किपरद्वारा राम्रो बचावट । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+६ मिनेट : मगरदाङ्ग-ए ले गोल गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन ।  (DYC"A" 4 : 1 SGBBSS)

हाफ+३ मिनेट : बल ह्याण्ड, फ्री किक मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 4 : 1 SGBBSS)

हाफ+१ मिनेट : बल आउट। थ्रो गर्दै मगरदाङ्ग-ए । (DYC"A" 4 : 1 SGBBSS)

हाफ टाईम पछिको खेल सुरु ।

हाफ टाईम : (DYC"A" 4 : 1 SGBBSS)

३३ मिनेट : बल आउट। थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : चार मिनेट थप । (DYC"A" 4 : 1 SGBBSS)

३० मिनेट : गोल । मगरदाङ्ग-ए को जर्सी १० द्वारा गोल । (DYC"A" 4 : 1 SGBBSS)

२९ मिनेट : मगरदाङ्ग-ए लाई गोल गर्ने राम्रो अवसर थियो ।(DYC"A" 3 : 1 SGBBSS)

२६ मिनेट : बल बाहिरियो । थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 3 : 1 SGBBSS)

२४ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीले फेरि गोल गर्न सफल ।(DYC"A" 3 : 1 SGBBSS)

२० मिनेट :  स्कुल टिमलाई गोल गर्ने अवसर थियो तर हुन सकेन ।(DYC"A" 2 : 1 SGBBSS)

१८ मिनेट : मगरदाङ्ग-ए को ७ नं खेलाडीको उत्कृष्ट गोल प्रहार । (DYC "A" 2 : 1 SGBBSS)

१७ मिनेट : बल आउट थ्रो गर्दै स्कुल टिम ।(DYC"A" 1 : 1 SGBBSS)

१४ मिनेट : बल फेरि फल । डी एरिया नजिक फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

११ मिनेट : बल फल । फ्री किक हान्ने मौका मगरदाङ्ग-ए लाई । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । मगरदाङ्ग-ए को २ नं खेलाडीको राम्रो गोल प्रहार । (DYC"A" 1 : 1 SGBBSS)

८ मिनेट : गोल । उत्कृष्ट गोल प्रहार स्कुल टिम को ।(DYC"A" 0 : 1 SGBBSS)

मिनेट : बल आउट थ्रो गर्ने मौका DYC-A लाई । (DYC"A" 0 : 0 SGBBSS)

५ मिनेट : मगरदाङ्ग-ए द्वारा राम्रो बल प्रहार तर बल आउट ।(DYC"A" 0 : 0 SGBBSS)

३ मिनेट : स्कुल टिमलाई गोल गर्ने राम्रो अवसर । तर गोल हुन सकेन ।(DYC"A" 0 : 0 SGBBSS)

खेल सुरु ।

- रेफ्री : नरेश घर्ती
- देउताभीर युवा क्लब, मगरदाङ्ग (DYC-A) सेतो जर्सीमा हुनुहुन्छ भने देउताभीर युवा क्लब, स्कुल  (SGBBSS) कालो जर्सीमा  हुनुहुन्छ ।
- माईकिङ्गमा हुनुहुन्छ यविन्द्र राना
- खेल सुरु हुन केही समय बाँकी रहेको छ।
- यो देउताभीर मेला-२०७५ को पहिलो सेमीफाईनल खेल हो ।

हामी विशेष आभारी छौ :
- सबै DYC परिवार
- दोरन फगामी (क्लब अध्यक्ष)
- बुद्दी प्रसाद फगामी (मेला संयोजक)
- मानव सिउथानी (खेलकुद अध्यक्ष)
- लक्ष्मी राना (कोषाध्यक्ष)
- यविन्द्र मगर (एन्कोरिङ्ग)