बैशाख २४ ।
देविस्थान, म्याग्दी ।
२५६२ औ बुद्धजयन्तीको पावन अवसरमा देउताभीर युवा क्लब मगरदाङ्गले आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७५" को फाईनल खेलमा आयोजककै "A" र "B" भोलि भिड्ने भएका छन् । देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८-२ को भारी अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो भने देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई २-१ को अन्तरले जित निकाल्दै फाइनल पुगेको थियो ।
आज भएको पहिलो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "A" ले गौ बोमबस्तलाई ८, १८, २४, ३०, HT+१९, HT+२१, HT+२४ र HT+२९ मिनेटमा गोल गरेको थियो भने गौ बोमबस्तले खेलको ८ र HT+२५ मिनेटमा गोल गरेको थियो । यसरी ८-२ को भारी अन्तरले जित निकाल्दै फाईनलमा पुगेको हो। त्यस्तै दोश्रो सेमीफाईनल खेलमा देउताभीर युवा क्लब "B" ले नव सिर्जना युवा क्लब रुन्मालाई खेलको ९औ मिनेटमा गोल गर्दै अग्रता लिएको देउताभीर युवा क्लब "B" लाई हाफटाईम पछिको १७औ मिनेटमा गोल गर्दै बराबरीमा रोकेको थियो भने देउताभीर युवा क्लब "B" ले इन्जुरी टाईममा वा खेल सकिन १ मिनेट आगाडी (HT+३३मिनेटमा) मात्र उत्कृष्ट गोल गर्दै २-१ को अग्रता लिदै अन्त्यमा देउताभीर युवा क्लब "B" फाईनल प्रबेश गरेको हो ।
No comments:
Post a Comment