Sunday, July 8, 2018

तमुवान मगराँत संघर्ष समितिद्धारा २५ गते गण्डकी प्रदेश बन्दको घोषणा

पोखरा,
२४ असार ।

               मुवान मगराँत संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको  घोषणा गरेको छ । ४ नं प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले २५ गते सोमबारगण्डकी प्रदेश बन्द गर्ने आईतबार बिरोध पर्दशन मार्फत जानकारी दिएको हो ।

ऐतिहासिक तमु तथा मगर समुदायको थाकथलोलाई जातिय पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्दको घोषणा गरेको सँघर्ष समितिका संयोजक कर्म तमुले बताए ।

उनले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने रमाईलोछडटकमलाई बताए । प्रदेशको नाम गण्डकी राखिएकोले बिरोध गर्दै महेन्द्रपुलमा लगेर गण्डकी नामको अन्त्याष्टी गरेको समेत बताए ।

उनले आर्थिक मामिला मन्त्री किरण गुरुङ तथा संस्कृतीविद जगमान गुरुङलाई सामाजिक बहिष्कार गरिसकेको बताउदै समानुपातिक तथा जनजातीको कोटाबाट सांसद बनेकाहरुले जातिय पहिचान र अधिकारको पक्षमा वकालत नगरी पार्टीको खेलौना भएको भन्दै उनीहरुको समेत बिरोध गरीएको बताए ।

समितिका प्रबक्ता हुम गुरुङले शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने बताए । उनले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने जानकारी दिदै बन्दलाई सफल पार्न सरोकार सबैमा अनुरोध समेत गरेका छन । 

[ साभार : रमाईलो छ डट कम ]

Saturday, July 7, 2018

देविस्थानमा ६० प्रतिशत धान रोपाई सकियो

देविस्थान, म्याग्दी
असार, २४ ।

              म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ साविकको देविस्थान गाविसमा यस वर्षको रोपाई आजसम्म ६० प्रतिसत सकिएको छ । अघिल्लो सालहरुमा असार मसान्तसम्म लगभग सकिने रोपाई अहिले पर्याप्त पानी नपर्दा नसकिने अनुमान गरिएको छ । गत बर्षमा असार १५ मनाउदा आधा रोपाई सकिन्थ्यो तर अहिले १० प्रतिशत रोपाई पनि भएको थिएन ।

देविस्थानको पन्थोक, मगरदाङ्गको माथिल्लो भागमा रोपाई सकिएको छ भने घरिथोक, मगरदाङ्गको तल्लो भाग, रुन्मालगाएतका ठाउँहरुमा अलिकती रोपाई बाँकी रहेको छ  । यसमा पर्याप्त पानी नहुनाले रोपाई नसकिएको किसानहरुको गुनासो छ । देविस्थानको अधिकांश भागमा धान रोपाईको लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता छ ।