Saturday, July 7, 2018

देविस्थानमा ६० प्रतिशत धान रोपाई सकियो

देविस्थान, म्याग्दी
असार, २४ ।

              म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ साविकको देविस्थान गाविसमा यस वर्षको रोपाई आजसम्म ६० प्रतिसत सकिएको छ । अघिल्लो सालहरुमा असार मसान्तसम्म लगभग सकिने रोपाई अहिले पर्याप्त पानी नपर्दा नसकिने अनुमान गरिएको छ । गत बर्षमा असार १५ मनाउदा आधा रोपाई सकिन्थ्यो तर अहिले १० प्रतिशत रोपाई पनि भएको थिएन ।

देविस्थानको पन्थोक, मगरदाङ्गको माथिल्लो भागमा रोपाई सकिएको छ भने घरिथोक, मगरदाङ्गको तल्लो भाग, रुन्मालगाएतका ठाउँहरुमा अलिकती रोपाई बाँकी रहेको छ  । यसमा पर्याप्त पानी नहुनाले रोपाई नसकिएको किसानहरुको गुनासो छ । देविस्थानको अधिकांश भागमा धान रोपाईको लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता छ ।

No comments:

Post a Comment