Sunday, July 8, 2018

तमुवान मगराँत संघर्ष समितिद्धारा २५ गते गण्डकी प्रदेश बन्दको घोषणा

पोखरा,
२४ असार ।

               मुवान मगराँत संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको  घोषणा गरेको छ । ४ नं प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले २५ गते सोमबारगण्डकी प्रदेश बन्द गर्ने आईतबार बिरोध पर्दशन मार्फत जानकारी दिएको हो ।

ऐतिहासिक तमु तथा मगर समुदायको थाकथलोलाई जातिय पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्दको घोषणा गरेको सँघर्ष समितिका संयोजक कर्म तमुले बताए ।

उनले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने रमाईलोछडटकमलाई बताए । प्रदेशको नाम गण्डकी राखिएकोले बिरोध गर्दै महेन्द्रपुलमा लगेर गण्डकी नामको अन्त्याष्टी गरेको समेत बताए ।

उनले आर्थिक मामिला मन्त्री किरण गुरुङ तथा संस्कृतीविद जगमान गुरुङलाई सामाजिक बहिष्कार गरिसकेको बताउदै समानुपातिक तथा जनजातीको कोटाबाट सांसद बनेकाहरुले जातिय पहिचान र अधिकारको पक्षमा वकालत नगरी पार्टीको खेलौना भएको भन्दै उनीहरुको समेत बिरोध गरीएको बताए ।

समितिका प्रबक्ता हुम गुरुङले शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने बताए । उनले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने जानकारी दिदै बन्दलाई सफल पार्न सरोकार सबैमा अनुरोध समेत गरेका छन । 

[ साभार : रमाईलो छ डट कम ]

No comments:

Post a Comment