Friday, August 17, 2018

फेवा डान्स आईडलको दोश्रो चरणमा देविस्थानको थाली नृत्य

             फेवा डान्स आइडलको म्याग्दी जिल्ला अडिसन सम्पन्न भएको छ ।“संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनका लागि फेवा टेलिभिजनद्धारा आयोजित फेवा डान्स आइडल सिजन १ गण्डकी प्रदेश स्तरिय सामुहिक लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७५” को म्याग्दी अडिसन शुक्रबार बेनिमा सम्पन्न भएको हो । होटेल यतिमा आयोजना भएको सो अडिसनमा जिल्लाका १२ समुहले सहभागिता जनाएका थिए ।

सहभागि मध्य ६ समुह दोस्रो चरणका लागि छनौट भएको कार्यक्रम संयोजक सुजन बरालले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मंका खलः नागा नागिनि नृत्य, मालिका गाउँपालिका वडा नं ५ देविस्थानका थालि नृत्य, बेनि आवासिय माबिको नृत्य, माउण्ट एभरेष्ट आवासिय माबिको नृत्य र बेनि नगरपालिका वडा नं ७ को फ्रि स्टार नृत्य गरि ६ समुह दोस्रो चरणका लागि प्रवेश गरेका छन ।

देविस्थानको अमृता गुरुङ्ग र अशु फागामीले देविस्थानको चिनारी गितमा थाली नचाउदै दोश्रो चरणमा प्रवेश गरेका हुन । दोस्रो चरणमा प्रवेश गरेका समुहलाइ “वेलकम टु पोखरा”को कार्ड प्रदान गरिएको थियो।

Wednesday, July 18, 2018

३५ लाखको पुल, लाखौ-लाख भ्रष्टाचार

देविस्थान, म्याग्दी
श्रावण ०२ ।
              
          म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमानामा फेदी स्थित दाङ्ग खोलामा बनाइएको पुल सोचे भन्दा निकै बढी बजेट लागेर बनाइएको भन्ने समाचार हरु यतिबेला बजारमा पाइन्छ।
उक्त पुलको कुल लागत ३५,०८,०४८।- (पैंतिस लाख अाठ हजार अठचालिस रुपैँया ) रहेको समाचारमा उल्लेख छ।

म्याग्दी अनलाइन नामक अनलाइन पोर्टल बात प्रकाशित समाचारमा यो कुरा स्पस्ट पारिएको हो। यसबारे दाङ्खोला अस्थाई पुल निर्माण उपभोक्ता समितिले बिज्ञप्ति निकालेर आफुहरुको गल्ति नरहेको सरकारी संयन्त्रकै ढिला सुस्तिको कारण यस्तो हुन पुगेको बताएको छ। तर जे जस्तो बहेपानी जसको गल्ति भएपनि त्यति सामान्य अस्थाई पुलको लागि ३५ लाख माथि खर्च हुनु निकै हास्यास्पद कुरा हो।

पुलमा भन्दा धेरै पैसा सम्बन्धितहरुको खल्तीमा पुगेको कुरा जस्तो लाटाले पनि सहजै अनुमान लगाउन सक्छ।
मन्त्रि परिषदको कार्यलय मार्फत यसको सत्य तथ्य बुझेर दोषी उपर कडा कारबाही गरिने हेलो सरकारले जानकारी गराएको छ।

[ साभार : आर एम खबर डट कम ]

Sunday, July 8, 2018

तमुवान मगराँत संघर्ष समितिद्धारा २५ गते गण्डकी प्रदेश बन्दको घोषणा

पोखरा,
२४ असार ।

               मुवान मगराँत संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्दको  घोषणा गरेको छ । ४ नं प्रदेश नामाकरणमा असन्तुष्टी जनाउँदै आएको तमुवान–मगरात संघर्ष समितिले २५ गते सोमबारगण्डकी प्रदेश बन्द गर्ने आईतबार बिरोध पर्दशन मार्फत जानकारी दिएको हो ।

ऐतिहासिक तमु तथा मगर समुदायको थाकथलोलाई जातिय पहिचानमा आधारित नाम नराखिएको भन्दै समितिले दवाव स्वरुप बन्दको घोषणा गरेको सँघर्ष समितिका संयोजक कर्म तमुले बताए ।

उनले माग सुनुवाई नभए निरन्तर थप संघर्षका कार्यक्रम घोषणा गर्ने रमाईलोछडटकमलाई बताए । प्रदेशको नाम गण्डकी राखिएकोले बिरोध गर्दै महेन्द्रपुलमा लगेर गण्डकी नामको अन्त्याष्टी गरेको समेत बताए ।

उनले आर्थिक मामिला मन्त्री किरण गुरुङ तथा संस्कृतीविद जगमान गुरुङलाई सामाजिक बहिष्कार गरिसकेको बताउदै समानुपातिक तथा जनजातीको कोटाबाट सांसद बनेकाहरुले जातिय पहिचान र अधिकारको पक्षमा वकालत नगरी पार्टीको खेलौना भएको भन्दै उनीहरुको समेत बिरोध गरीएको बताए ।

समितिका प्रबक्ता हुम गुरुङले शैक्षिक संस्था, यातायात सहित बजारहरु समेत बन्द हुने बताए । उनले अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द रहने जानकारी दिदै बन्दलाई सफल पार्न सरोकार सबैमा अनुरोध समेत गरेका छन । 

[ साभार : रमाईलो छ डट कम ]