Friday, June 5, 2015

गजल


    जि. एम. दिपु देपेन्द्र
   खोलागॉऊ-५ सर्केना, रुकुम



मलाई  सानो  आफुलाई,  ठुलो ठान्छौ रे !
हामी बिचको सम्बन्ध, खुकुलो ठान्छौ रे !

भन्थ्यौ ऑखाको नानि, बनाई राख्छु सधैं
किन हो  अचेल ऑखाकै, फुलो ठान्छौ रे !

के  पसेथ्यौ  शहरमा, यो  गॉऊ  बिर्सीयौ
आज गॉऊलाई दुम्सीको, दुलो ठान्छौ रे !

अरिंगाल बनि आऊछौ होला, अब त टोक्न
सुन्दैछु  मलाई  झुसे,  बाडुलो  ठान्छौ रे !

साह्रै  सस्तिएछौ  तिमी, मायाको बजारमा
हिजो दिएको सिन्दुर आज, धुलो ठान्छौ रे !

No comments:

Post a Comment