Monday, June 1, 2015

मेरो देविस्थान ( गजल )


   
   तेजिन्द्र राना मगर
   देविस्थान-७, म्याग्दी ।



यताउती     मुटुभरी    डुल्छ  मेरो  देविस्थान
झरणाको  छाँगाभरी   भुल्छ  मेरो देविस्थान

दांगा,  पन्थोक, जुग्जा, घरिथोक, रुन्माजस्तै
जहाँजहाँ  गए  पनि   घुल्छ  मेरो देविस्थान

आँरु  अनि नास्पतीको स्वाद कति मिठो हो
काफल,  एसेलुसँगै   फुल्छ   मेरो देविस्थान

हरीयाली   वनजंगल,   उत्तरमा  सेतो  हिमाल
धौलागिरीको मुस्कानसँगै खुल्छ मेरो देविस्थान

देउताभीरको गुफा अनि तालतलैया र झरणाहरु
पर्यटकहरुको  सत्कारमा  भुल्छ  मेरो  देविस्थान

[ २०७२-०१-२९ गते ९:०० बजे बेलुकी ]

No comments:

Post a Comment