Sunday, November 27, 2016

खाद्य बस्तुको मुल्य

                          देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको खाद्य बस्तुको मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

ज्यामीहरुको परिश्रमिक मुल्य

                देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको ज्यामीहरुको परिश्रमिक मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

Tuesday, November 22, 2016

एक खेलमै ९ गोल प्रहार गरे मेख पुर्जाले

                १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ । जसमा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए।



डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले देविस्थानकै गौ गम बस्त्र माविलाई १ का विरुद्ध ९ गोल प्रहार गरेको थियो । जसमा माउण्ट एभरेष्टका प्रविण हमाल सर्वाधिक गोलकर्ताको सुचीमा रहेका थिए तर एउटै खेलमा पुर्जाले ९ गोल गरेपछि प्रतियोगिता थप रोमाञ्जक बनेको छ। त्यससँगै गोल बर्साउने पुर्जा जेसीज कपमा चर्चाका पात्र बनेका छन् । सर्बाधिक गोलकर्ता मेख बहादुर पुर्जालाई मेरो देविस्थानको शुभकामना ।

तातोपानी बोडिङ स्कुललाई भिम माविले हान्यो १२ गोल

                 म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ ।

मंगलबार विहान भएको पहिलो खेलमा बेनी नगरपालिका अन्र्तरगत पर्ने तातोपानी बोडिङ स्कुललाई सुन्यका विरुद्ध १२ गोल प्रहार गर्ने क्रममा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए। खेलको सुरुवात मै हावि भएको भीम माविका खेलाडीले दर्शकलाई समेत चकित पदैं लगातार गोल बर्साएका थिए ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Monday, November 21, 2016

गौ बोम बस्त मावि १ का विरुद्ध ९ गोलले पराजित

                    म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५ औं जेसीज कप फुटबल प्रतियोगितामा गतबर्षको विजेता उद्घाटन खेल खेल्ने गरी आयोजकले केहीदिन अगाडी घोषण गरेको थियो । जसमा माउण्ट एभरेष्ट आवासीय मावि र देविस्थान गा.वि.स.को गौ बोमबस्त माविको उद्घाटन खेलको तालिका अनुसार दुवै विद्यालयका खेलाडीहरू मैदानमा उत्रिए ।


देविस्थानमा रहेको खेल मैदानमा अभ्यास गरिरहेका गौ बोमबस्त मावि खेलाडीहरूले माउण्टका खेलाडीहरूसंग प्रतिस्पर्धामा खुल्लामञ्चमा उत्रिएको केही समयपछि माउण्टका खेलाडीहरू हावी भए ।

खेलमा माउण्टका खेलाडीले १ का विरुद्ध ९ गोलको फराकिलो अन्तरले विजय सुरूवात गरे । घरेलु मैदान, खचाखच दर्शकको उपस्थिति, नियमित अभ्यास तथा विगतका अनुभव सहित खेल मैदानमा उपस्थिति भएका माउण्टका क्याप्टेन प्रविण हमालले पहिलो खेलमै ५ गोल प्रहार गरेर चर्चा मात्रै कमाएनन् जेसीजक कप फुटबलमा आफ्नो नेतृत्वमा रहेका खेलाडीहरूलाई उत्साहित बनाउँदै विपक्षीलाई झस्काउन सफल भएका छन् । भने श्री गौ बोमबस्त माविका खेलाडीहरु पहिलो खेलबाट नै बाहिरीएका छन् ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]