Tuesday, November 22, 2016

एक खेलमै ९ गोल प्रहार गरे मेख पुर्जाले

                १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ । जसमा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए।



डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले देविस्थानकै गौ गम बस्त्र माविलाई १ का विरुद्ध ९ गोल प्रहार गरेको थियो । जसमा माउण्ट एभरेष्टका प्रविण हमाल सर्वाधिक गोलकर्ताको सुचीमा रहेका थिए तर एउटै खेलमा पुर्जाले ९ गोल गरेपछि प्रतियोगिता थप रोमाञ्जक बनेको छ। त्यससँगै गोल बर्साउने पुर्जा जेसीज कपमा चर्चाका पात्र बनेका छन् । सर्बाधिक गोलकर्ता मेख बहादुर पुर्जालाई मेरो देविस्थानको शुभकामना ।

No comments:

Post a Comment