Tuesday, November 22, 2016

तातोपानी बोडिङ स्कुललाई भिम माविले हान्यो १२ गोल

                 म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ ।

मंगलबार विहान भएको पहिलो खेलमा बेनी नगरपालिका अन्र्तरगत पर्ने तातोपानी बोडिङ स्कुललाई सुन्यका विरुद्ध १२ गोल प्रहार गर्ने क्रममा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए। खेलको सुरुवात मै हावि भएको भीम माविका खेलाडीले दर्शकलाई समेत चकित पदैं लगातार गोल बर्साएका थिए ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

No comments:

Post a Comment