देविस्थान बैशाख १७ ।
म्याग्दीको देविस्थानमा केही समययता चट्याङको प्रकोप बढ्दै गएको छ । केही समय अगाडी देविस्थानकै बङ्दुङ्ग आसपासको क्षेत्रमा चट्याङ खस्दा १ भैसीको मृत्यु र २ जना सामान्य घाईते भएका थिए भने आज सल्लाबोट आसपासको क्षेत्रमा खस्दा तेके विकको ११ बर्षीय छोरी सीता विकलाई सामान्य चोट लागेको छ।
घरमा नै बसेको बेला चट्याङ्को झट्का लागेको बुबा तेके विकले बताउनुभयो। अहिले सामान्य उपचार पछि सीताको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताउनुभयो। चट्याङ पर्नु फाईदाजनक भएतापनी एक महिनाको समयमा नै त्यसरी धनजनको क्षति हुनुभनेको नराम्रो रहेको स्वास्थ्यकमीको भनाई छ।
No comments:
Post a Comment