Thursday, June 28, 2018

दाङ्गखोला झोलुङ्गे पुल आज हस्तान्तरण गरियो

देविस्थान, म्याग्दी
असार १४ ।
                          ज दाङ्गखोला सुता तल्लोकिवि झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै हस्तान्तरण गरिएको छ। आजकै दिन आयोजनाको सार्वजनिक लेखापरिक्षण गरि सो पुल जन्तालाई हस्तान्तरण गरिएको हो। सो पुलको कुल लागत ३१,४३,४२५.१२ रहेको थियो भने जस्मा समुदायको लागत ७४,८०० रहेको पुल निर्माण समितिका अध्यक्ष्य कुल बहादुर घर्तीले "मेरो देविस्थान" लाई जानकारी दिए ।




 आज भएको कार्यक्रम पुलको उद्घाटन ज्येष्ठ नागरिक दलबल सिउथानीले गर्नुभएको थियो भने सो कार्यक्रममा पुलका अध्यक्ष्य कुल बहादुर घर्ती, तुल प्रसाद बुढाथोकी, श्रीधर भण्डारी, होम बहादुर बुढाथोकीलगएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा पुल निर्माणका लागी जग्गादाताहरु रामप्रसाद बुढा, कुलमती बुढा, दलमन राना, मदन राना, बेलबहादुर राना, किर्मा फगामी, जौली फगामीलगाएत सम्पुर्ण पुल निर्माण समितिहरुलाई सम्मान गरिएको थियो।














Sunday, June 24, 2018

मालिकाको बजेट २९ करोड २७ लाख ६१ हजार

दरवाङ्ग, म्याग्दी
१० असार २०७५ ।

         मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि २९ करोड २७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँपालिका केन्द्र दरवाङमा दोश्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक बर्ष २०७४/०७४ मा मौज्दात रहने संचित कोषको पूर्वाअनुमान गर्दै बजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेटमा संघीय सरकारको समानीकरण अनुदान ७ करोड ५३ लाख, सशर्त अनुदानबाट प्राप्त हुने १२ करोड १९ लाख, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरे बमोजिम अर्थमन्त्रालयबाट प्राप्त हुने ५ करोड ८४ लाख, प्रदेश सरकारबाट १ करोड ३२ लाख, आन्तरिक स्रोत ३२ लाख ३६ हजार र चालु आबमा सचित कोषमा २ करोड रुपैयाँ मौज्दात हुने पूर्वानुमान गरि बजेट तयार पारिएको उल्लेख गरिएको छ ।

गाउँपालिकाले पूँजीगत बजेट मध्ये १२ वटा गौरबको आयोजना छनौट गरि ३ करोड ५० लाख रुपैयाँ बिनीयोजन गरेको छ । जसमध्ये जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य मालिकाधुरीमा दरवाङ–विम–वायनफाँट हुदै मालिका पुग्ने सडकलाई सबैभन्दा बढी ५० लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ । दरवाङ–दिच्याम सडकलाई २२, दरवाङ–दुखुलाई २० लाख रुपैयाँ विनीयोजन गरिएको छ । यो दुई सडकलाई बिम जोडेर मालिक पुग्ने गरि रिङरोडको अवधारणा अघि सारिएको छ । गाउँपालिका कार्यालय देखि वडा कार्यालयसम्म सडकको पहुँच पुर्‍याउने योजनालाई गौरबको आयोजनाका रुपमा समावेश गरिएको छ । जस अनुसार दरवाङ देखि देविस्थान, डाँडागाउँ जोड्न ३१/३१ लाख, रुम, निस्कोटलाई ३३/३३ लाख, ओखरबोट ३० र विमको वडा कार्यालय जोड्न २० लाख रुपैयाँ विनीयोजन गरेको छ ।

वडा नं २ रुम देखि बागलुङको ताराखोला जोड्ने सडक र ओखरबोट सिस्नेरी देखि सोलेधुरी जोड्ने सडकलाई २०/२० लाख रुपैयाँ गौरबको आयोजना अन्र्तगत विनीयोजन भएको छ । किसानी मावि रुमको प्राविधिक अध्यापनलाई १५ लाख रुपैयाँ छुट्टयाईएको छ । गाउँपालिकास्तरीय बजेटका लागि १ करोड ३५ लाख विनीयोजन गरिएको छ । प्रस्तुत बजेटमा पूर्वाधार विकास क्षेत्रमा २ करोड ४९ लाख, आर्थिक विकास र सामाजिक विकास क्षेत्रमा ८३/८३ लाख, वन वातावरण र विपदमा १ करोड १० लाख, संस्थागत विकास र सुशासनतर्फ २७ लाख ७० हजार रुपैयाँ विनीयोजन भएको छ ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको सभाध्यक्षतामा प्रस्तुत बजेटले जनताको आधारभुत आवश्यता परिपूर्तिमा महत्वपूर्ण उपलब्धि हासिल हुने उपाध्यक्ष बिटालुको विश्वास छ । यसअघि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले कुषि तथा पशु, स्वास्थ्य, शिक्षा, सडक तथा यातायात, भौतिक पूर्वाधार, सिँचाई, खानेपानी र भवन, वन, वातावरण तथा भू संरक्षण, आर्थिक, सुशासन, सामाजिक विकास, विद्युत, सँस्कृति तथा पर्यटन, युवा तथा खेलकुदमा समयसापेक्ष नीति र जनहितकारी नीति अबलम्बन गर्नेमा जोड दिएका थिए ।

[ साभार : गलेश्वर न्युज डटकम ]

मालिका गा.पा.को 'दोश्रो गाउँसभा' (LIVE)

समापन : श्री प्रसाद रोका ।

जम्मा बजेट : २९ करोड २७ लाख ६१ हजार २ सय ९६ रुपैयाँ ।

- ससर्त कार्यक्रमका लागी : १२ करोड १९ लाख
- प्रशासनिक कामका लागि : ५ करोड ३० लाख
- योजना तथा कार्यक्रमका लागि : ११ करोड ३९ लाख
-  गौरबको योजनामा : ३ करोड ५० लाख
-

आव २०७४/७५ मा भएका प्रगतिहरु :
- वडा ३ मा सडक सन्चालन
- दरवाङ्गमा तत्बन्ध
- खानेपानी वडा २,३,४ र ७
- विधुतिय हाजिर जडान
- फोहोरमैला व्यवस्थापन

मालिका गाउँपालिकाको :
जनसंख्या = १९,४५८ जना
क्षेत्रफल = १४७ बर्गकिमी

सम्बोधन ।

आव २०७५/७६ को बजेत प्रस्तुत गर्दै : खरमाया विटालु ।

अध्यक्षयताको आसन ग्रहण : गा.पा.अध्यक्ष श्रीप्रसाद रोकाद्वारा ।
दोश्रो सेसन : बजेत सेसन सुरु ।

चियापान ।

नीति तथा नियमको जानकारी गराउदै श्री प्रसाद रोका ।

योजना तर्जुमा कार्यक्रमको अध्यक्षताको आसण ग्रहण : खरमाया विटालु ।

गा.पा.अध्यक्ष श्रीप्रसाद रोकाद्वारा आसन ग्रहण ।

कार्यक्रमको सुरुवाट कार्यकारी अधिकृत छविलाल सुवेदीबाट ।

मिति २०७५ आषाढ १० गते ।

Saturday, June 23, 2018

गौबोमबस्त माविबाट ३ जनाले 'वी+' र १० जनाले 'वी' ग्रेड लिए

               श्री गौ बोमबस्त माध्यमिक विद्यालयबाट  माध्यमिक शिक्षा परिक्षा (SEE) २०७४ मा सहभागी ३७ जना विद्यार्थीहरुमध्ये ३ जनाले B+ , १० जनाले B ,१९ जनाले C+ , ५ जनाले C मा पास हुन सफल सम्पुर्ण विद्यार्थीलाई "मेरो देविस्थान" को तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना ।

भीम माविबाट २ जनाले 'वी+' र ९ जनाले 'वी' ग्रेड लिए

            भिम माध्यमिक विद्यालयबाट  माध्यमिक शिक्षा परिक्षा (SEE) २०७४ मा सहभागी २३ जना विद्यार्थीहरुमध्ये   २ जनाले B+ , ९ जनाले B ,१० जनाले C+ , १ जनाले C मा पास हुन सफल सम्पुर्ण विद्यार्थीलाइ "मेरो देविस्थान"को तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना ।

0511069M  2.5  ( B )
0511070N  2.55  (B)
0511071O  2.65 ( B )
0511072P   2.90  (B+)
0511073Q   2.60 (B)
0511074R    2.90 ( B+)
0511075S   2.55 (B)
0511076T   2.65 ( B)
0511077U   2.50 (B)
0511078V    2.30 ( C+)
0511079W  2.15  (C+)
0511080X   1.75 ( C)
0511081Y    2.10 (C+)
0511082Z     2.25 (C+)
0511083A    2.20 (C+)
0511084B   not found
0511085C    2.25 ( C+)
0511086D not found
0511087E    2.30 (C+)
0511088F    2.40 ( B)
0511089G    2.60  (B)
0511090H     2.35 (C+)
0511091I      2.30 (C+)
0511092J     2.00 (C+)

[ साभार : यमनाथ पौडेल फेसबुकबाट ]

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने

              परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक डाकेकाे छ ।

गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । देविस्थानबाट पनि श्री गौ बोमबस्त मा.वि. श्री भीम मा.वि. गरि २ वटा विद्यालयका विधार्थीहरु एसइइ परिक्षामा सहभागी भएका थिए ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले गरेका छौं’, रेग्मीले अनलाइनखबरसँग भने, ‘त्यसका लागि ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका छौं ।’

[ साभार : अनलाइन खबर ]

Saturday, June 9, 2018

तराईमा हुने सगुन देविस्थानमा : ठगिदै छन कृषकहरु

         गुन एकप्रकारको काठ उत्पादन हुने रुख हो, जस्लाई अंग्रेजीमा टिक (Teak) भनिन्छ ।  जुन सगुन जातको रूखबाट छोटो समयमा मनग्य आम्दानी गर्न सकिन्छ भन्दै एक भारतीय संस्था शिवशक्ती बायोप्लान्टेक प्रालिका कर्मचारीले म्याग्दीका देविस्थान लगायत विभिन्न गाउँमा पुगेर सगुनको ब्यवसायीक खेतीबाट मनग्य आम्दानी हुन्छ भन्दै विना अनुमति विक्री गरिरहेको छ । देविस्थानबाँसीले पनि हजारौ रुपैया खर्च गरेर एकै किसानले ५० देखि २०० वटासम्म लगाएका छन ।  भारत र तराईको हावापानीमा हुने रुख म्याग्दीको देविस्थानको हावापानीमा होला त?

‘म्याग्दी र पर्वतमा कृषकले लगाएको विरुवा मर्न थालेको छ,‘विरुवको मुल्य पनि फरक फरकमा बेचिरहेका छन्’ बेनीअनलाइनले खबर छपेको छ । उनिहरुले भविस्यमा एउटा विरुवाको मुल्य ४० हजारसम्म पर्छ भन्दै विक्री गरेको छ । बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा पुगेर सगुन रुखकाठका रुपमा १५ बर्षपछि काट्न मिल्ने एकदेखि डेढ फिट मोटो र अठारदेखि २५ फिट सम्म लामो हुने भन्दै विक्री गरेका छन् ।

सिधा अग्लो , पात ठूला–ठूला र  सुरिलो , छिटो  हुर्कन सक्ने  क्षमता सगुनमा रहेको बताइएपनि तराईमा हुने सगुन रुख म्याग्दीको हावापानी र माटोको परिक्षण राम्रो हुन्छ वा हुदैन भन्न नमिल्ने बन कार्यालयका कर्मचारीको भनाई छ । यसैबीच जिल्लामा बन कार्यालय तथा सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिलाई समेत यस बारेमा कुनै जानकारी छैन् । खरिद गरी रोपेको विरुवा दुईतिन दिनमा नै सुक्दै गएको छ ।

[ साभार : बेनीअनलाईन ]

Monday, June 4, 2018

देविस्थानमा आजबाट सुरु भयो क्षमता अभिबृदी तालिम

जेठ २१, देविस्थान ।
                     देविस्थान महिला सन्जाल को आयोजना र मालिका गा.पा.को आर्थिक सहयोगमा आजदेखी ५ दिने आमा समुहलाई नेतृत्व तथा क्षमता अभिबृदी तालिम आज २१ गतेदेखी सुरु भएको छ । तलिमको प्रशिक्षक रमेश श्रेष्ठले गर्नुहुनेछ भने तालिममा महिला स्वास्थ्य स्वयं सेविका, आमासमुहका प्रतिनिधि, स्कुलका प्रतिनिधीहरु लगायतको सहभागीत रहेको छ ।

देविस्थान महिला सन्जालको अध्यक्ष सुनिता पाईजा पुनको अध्यक्षतामा उदघाटन भएको तालिममा प्रमुख अतिथी वडा अध्यक्ष पिपला बुढा, अतिथी वडा-सदस्य राजमती बुढा, भीम मा.वि.का प्र.अ. डम्मर घर्ती, देविस्थान स्वास्थ्य चौकीको प्रमुख तेजिन्द्र राना, काँडे सामुदायिक बनका अध्यक्ष हम बहादुर बुढाथोकी लगायत विभिन्न संघ-संस्थाको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राजमती बुढाको रहेको थियो भने तेजिन्द्र राना, रेखा पुर्जा, हम बहादुर बुढाथोकी, डम्मर घर्ती लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Friday, June 1, 2018

नेपाली समय अनुसार विश्व कपको खेल तालिका, कसको भिडन्त को सँग ?

               आगामी जुन १४ बाट विश्वकप फुटबल सुरु हुने भएको छ। यस वर्षको विश्वकप एसियाली देश रुसमा जुन १४ बाट जुलाई १५ सम्म सञ्चालन हुनेछ। विश्वकप फुटबलमा संसारबाट ३२ टिमको सहभागिता रहेको छ।

समय तालिका (नेपाली समय अनुसार)

३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

१ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८:४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

२ आषाढ २०७५ (साँझ ५:४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६:४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९:४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२:४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ २०७५ (साँझ ५:४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८:४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११:४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),

४ आषाढ २०७५ (साँझ ५:४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८:४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११:४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ २०७५ (साँझ ५:४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८:४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११:४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ २०७५ (साँझ ५:४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८:४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११:४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ २०७५ (साँझ ५:४५ m) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८:४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११:४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ २०७५ (साँझ ५:४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८:४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११:४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)

९ आषाढ २०७५ (साँझ ५:४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११:४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ २०७५ (साँझ ५:४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८:४५) जापान र सेनेगल (आठौं समूह) (राती ११:४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ २०७५ (साँझ ७:४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७:४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११:४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११:४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ २०७५ (साँझ ७:४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७:४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११:४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११:४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ २०७५ (साँझ ७:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७:४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११:४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११:४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ २०७५ (साँझ ७:४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७:४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११:४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११:४५)

बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।

[ साभार : रिसेन्ट नेपाल डटकमबाट ]