सगुन एकप्रकारको काठ उत्पादन हुने रुख हो, जस्लाई अंग्रेजीमा टिक (Teak) भनिन्छ । जुन सगुन जातको रूखबाट छोटो समयमा मनग्य आम्दानी गर्न सकिन्छ भन्दै एक भारतीय संस्था शिवशक्ती बायोप्लान्टेक प्रालिका कर्मचारीले म्याग्दीका देविस्थान लगायत विभिन्न गाउँमा पुगेर सगुनको ब्यवसायीक खेतीबाट मनग्य आम्दानी हुन्छ भन्दै विना अनुमति विक्री गरिरहेको छ । देविस्थानबाँसीले पनि हजारौ रुपैया खर्च गरेर एकै किसानले ५० देखि २०० वटासम्म लगाएका छन । भारत र तराईको हावापानीमा हुने रुख म्याग्दीको देविस्थानको हावापानीमा होला त?
‘म्याग्दी र पर्वतमा कृषकले लगाएको विरुवा मर्न थालेको छ,‘विरुवको मुल्य पनि फरक फरकमा बेचिरहेका छन्’ बेनीअनलाइनले खबर छपेको छ । उनिहरुले भविस्यमा एउटा विरुवाको मुल्य ४० हजारसम्म पर्छ भन्दै विक्री गरेको छ । बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा पुगेर सगुन रुखकाठका रुपमा १५ बर्षपछि काट्न मिल्ने एकदेखि डेढ फिट मोटो र अठारदेखि २५ फिट सम्म लामो हुने भन्दै विक्री गरेका छन् ।
सिधा अग्लो , पात ठूला–ठूला र सुरिलो , छिटो हुर्कन सक्ने क्षमता सगुनमा रहेको बताइएपनि तराईमा हुने सगुन रुख म्याग्दीको हावापानी र माटोको परिक्षण राम्रो हुन्छ वा हुदैन भन्न नमिल्ने बन कार्यालयका कर्मचारीको भनाई छ । यसैबीच जिल्लामा बन कार्यालय तथा सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधिलाई समेत यस बारेमा कुनै जानकारी छैन् । खरिद गरी रोपेको विरुवा दुईतिन दिनमा नै सुक्दै गएको छ ।
[ साभार : बेनीअनलाईन ]
No comments:
Post a Comment