परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक डाकेकाे छ ।
गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । देविस्थानबाट पनि श्री गौ बोमबस्त मा.वि. र श्री भीम मा.वि. गरि २ वटा विद्यालयका विधार्थीहरु एसइइ परिक्षामा सहभागी भएका थिए ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले गरेका छौं’, रेग्मीले अनलाइनखबरसँग भने, ‘त्यसका लागि ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका छौं ।’
[ साभार : अनलाइन खबर ]
No comments:
Post a Comment