देविस्थान, म्याग्दी
असार १४ ।
आज दाङ्गखोला सुता तल्लोकिवि झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै हस्तान्तरण गरिएको छ। आजकै दिन आयोजनाको सार्वजनिक लेखापरिक्षण गरि सो पुल जन्तालाई हस्तान्तरण गरिएको हो। सो पुलको कुल लागत ३१,४३,४२५.१२ रहेको थियो भने जस्मा समुदायको लागत ७४,८०० रहेको पुल निर्माण समितिका अध्यक्ष्य कुल बहादुर घर्तीले "मेरो देविस्थान" लाई जानकारी दिए ।
आज भएको कार्यक्रम पुलको उद्घाटन ज्येष्ठ नागरिक दलबल सिउथानीले गर्नुभएको थियो भने सो कार्यक्रममा पुलका अध्यक्ष्य कुल बहादुर घर्ती, तुल प्रसाद बुढाथोकी, श्रीधर भण्डारी, होम बहादुर बुढाथोकीलगएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा पुल निर्माणका लागी जग्गादाताहरु रामप्रसाद बुढा, कुलमती बुढा, दलमन राना, मदन राना, बेलबहादुर राना, किर्मा फगामी, जौली फगामीलगाएत सम्पुर्ण पुल निर्माण समितिहरुलाई सम्मान गरिएको थियो।
असार १४ ।
आज दाङ्गखोला सुता तल्लोकिवि झोलुङ्गे पुल निर्माण सम्पन्न भएसँगै हस्तान्तरण गरिएको छ। आजकै दिन आयोजनाको सार्वजनिक लेखापरिक्षण गरि सो पुल जन्तालाई हस्तान्तरण गरिएको हो। सो पुलको कुल लागत ३१,४३,४२५.१२ रहेको थियो भने जस्मा समुदायको लागत ७४,८०० रहेको पुल निर्माण समितिका अध्यक्ष्य कुल बहादुर घर्तीले "मेरो देविस्थान" लाई जानकारी दिए ।
No comments:
Post a Comment