Monday, December 28, 2015

देउताभिर युथ क्लबको नयाँ कार्य समिती चयन

                 देउताभिर युथ क्लब (DYC) मगरदाङ्गको नयाँ कार्य समिती चयन भएको छ। हिजो बसेको क्लब समिटीको बैठकले जीवन बुढाथोकीको अध्यक्षतामा सो समिटी चयन गरेको हो। केहि समय अगाडीदेखी नयाँ कार्य समिटी चयन गर्न बैठक बस्दा चयन हुन सकेको थिएन्। क्लबका पुर्व अध्यक्ष नबिन बुढाथोकी बिबिध कारणबस क्लबमा रहन नसके पछि उक्त कार्य समिटी चयन गरिएको हो।

क्लबको नयाँ कार्य समिटी यसप्रकार छ :
अध्यक्ष - जीवन बुदाथोकी
उपध्यक्ष - दोरन फगामी
सचिव - पर्शुराम फगामी
सह-सचिव - यबिन्द्र राना
कोषध्यक्ष - माया देवि राना
सह-कोषध्यक्ष - भिम सिउथानी


Saturday, December 26, 2015

आँशुसँगै झरि गयौ

 स्‍मृति पुर्जा
राम्चे- ३, म्याग्दी ।

आँशुसँगै  झरि  गयौ  सायद  गहमा  तिमी छौ
चोट लाग्यो दुखी भएँ सायद बहमा तिमी छौ ।

अंधेरी नि प्यारो लाग्छ साथ पाए त्यो दिलको
शीतल दिने जुनको सायद टहटहमा तिमी छौ ।

जब चल्छ धड्कन वेसी तब आउँछ याद तिम्रो
यो मुटुको  कुना कुना  सायद  तहमा तिमी छौ ।

अग्नीमा पस्छु जँघारै तर्छु पाउँछु भने तिमीलाई
डुबी  गएँ  सागरभित्र  सायद  दहमा  तिमी छौ ।

तिमी देख्छु तब हाँस्छु,  तिमी लुक्छौ तब रुन्छु
खुसी अनि हरक्षणको सायद विरहमा तिमी छौ ।

साभार : बिम म्याग्दी डट् कमबाट ]

Monday, November 16, 2015

श्री गौ वोम वस्त माध्यमिक विधालयको पृष्ठभूमि

             श्चिमान्चल विकाश क्षेत्रको धवलागिरी अन्चल अन्तर्गत पर्ने म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट १२ कोषको दुरीमा रहेको देविस्थान गा.वि.स.को वडा नं. मगरदाङ्ग गाउँमा श्री गौ वोम वस्त मा. वि. अवस्थित छ। यस विधालय स्थापना हुनुभन्दा अगाडी त्यहाँ गाई, भैसीँ चराउने भएकाले त्यस ठाउँलाई गौचरण भन्ने गरिएको पछि गौचरणबाट "गौश्वरा" भन्ने गरिएको इतिहास पाईन्छ। यही गौश्वरा भन्ने ठाउँमा वि.सं. २०२१ सालतिर मगरदाङ्ग गाउँका समाजसेवी स्व. दलवीर फगामी र सतिमा बुढाथोकीले आफ्नो निजी जग्गा विधालय स्थापना गर्न दान स्वरुप उपलब्ध गराएपछि वि.सं. २०२२ सालमा श्री गौ प्रथमिक विधालयको स्थापना गरी औपचारिक रुपमा पठनपाठन सुरु भएको थियो। त्यसभन्दा अगाडी देविस्थान गविसकै घरिथोक गाउँको डाँडाकटेरी भन्ने ठाउँमा अस्थायी तरिकाले बाह्रखरी पढाउने गरेको इतिहास पाईन्छ। श्री गौ प्रथमिक विधालयमा बृटिश पेन्सनर स्व. खिमदल बुढथोकीले लगातर ४ वर्षसम्म विना तलब पढाउनुभएको थियो। त्यतिखेर श्री ५को सरकारबाट बार्षिक रु. ११००/- मात्र उपलब्ध हुने गरेको कुरा त्यतिबेलाका विधालयको कोषाध्यक्ष श्री दलबल सिंथानीले बताउनुभयो। यस विधालयले वि.सं. २०३७ सालमा कक्षा ३ को र वि.सं. २०४० सालमा कक्षा ४ र ५ को स्थायी स्वीकृत पाएको थियो।