काफल एक पहाडी भु-भागमा पाइने लोकप्रिय जंगली फल हो। यो फल देविस्थान गाविसको सबै गाउँमा पाईन्छ। यो फल गर्मी याम बैशाख, जेठ मा वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। देविस्थानका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।
यो फल जो कोहिलाई पनि मन नपर्ला भन्न सकिन्न । गर्मी समयमा पाक्ने यो फलको छुट्टै विशेषता रहेको छ । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
यो फल जो कोहिलाई पनि मन नपर्ला भन्न सकिन्न । गर्मी समयमा पाक्ने यो फलको छुट्टै विशेषता रहेको छ । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
![]() |
एकछनेको काफल रुख |
No comments:
Post a Comment