Saturday, May 30, 2015

देउताभीर युवा क्लब मगरदाङ्ग "A" v/s नब सिर्जना युवा क्लब रुन्मा "A" हाइलाइट

               देउताभीर युवा क्लब (DYC) ले यही बुद्धजयन्तीको आवसरमा आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७२"को फाइनल खेल नब सिर्जना युवा क्लब रुन्मा "A" V/S देउताभीर युवा क्लब मगरदाङ्ग "A" को हाइलाइट खेल............. ।


                                                          Watch This Video

देविस्थानमा खुर्पानी पाक्न थाल्यो

                   पहिलेका बर्षहरु झै यो बर्ष पनि देविस्थानमा खुर्पानी पाक्न थालेको छ। देविस्थानको औलोदेखि लेकसम्म लतरम्म फल्ने रसिलो फल खुर्पानी गर्मीसँगै पाक्न थालेको छ। काँचो हुँदासम्म हरियो हुने यो फल पाकेपछि रातो-रातो रंग लिन्छ। यो फल खानेदेखि लिएर जाम बनाउने, रक्सी बनाउने पनि गरिन्छ। यो फल स्वास्थ्यको दृष्टिले पनि राम्रो मानिन्छ।





गौ बोमबस्त मा.वि.ले गर्‍यो एक कार्यालय सहायकको माग

                  श्री गौ बोमबस्त मा.वि. मगरदाङ्गले पास गरेको एक कार्यालय सहायकको माग गरेको छ। सो विधालयले यही जेठ १५ गते विज्ञापन गरी कम्प्युटरमा दक्ष कार्यालय सहायकको माग गरेको हो।


Tuesday, May 19, 2015

खेलको दशौ सेकेण्डमा गोल गर्ने डीवाईसी हार्नुका प्रमुख ५ कारणहरु

                      "बुद्धजयन्ती तथा देउताभीर मेला २०७२"मा देउताभीर युवा क्लब मगरदाङ्ग "A" निकै उत्कृष्ट टिम रहेको थियो। यही टिमले सेमिफाईनलमा तमानसँगको खेलमा पनि खेल सुरु भएको दश सेकेण्डभित्र गोल गरेको थियो। त्यस्तै गरेर फाईनल खेलमा पनि नव सृजना युवा क्लब रुन्मा "A"लाई पनि खेल सुरु भएको दश सेकेण्डभित्र गोल गर्यो तर दुर्भाग्यबस अन्त्यमा देउताभीर युवा क्लब मगरदाङ्ग "A" नव सृजना युवा क्लब रुन्मा "A"सँग - को हार बेहोर्नु पर्यो। यसरी हार बेहोर्नुका प्रमुख ५ कारणहरु निम्न छन् :

१. टिमका प्रमुख खेलाडीहरु घाईटे हुनु
उक्त खेलमा टिमका सबै खेलाडीहरु घाईटे भएका थिए। टिमका उत्कृष्ट फुर्टिलो खेलाडी सुरेस बुढाथिकी पहिलो दिन तमानसँगको खेलामा नै घाईटे भएका थिए पछि रुन्मासँगको खेलामा पनि पटक-पटक घाईटे भए। साथै टिमका क्याप्टेन जीवन बुढाथोकी त्यस्तै विवस पुन, तमप्रसाद फगामी, मानव सिउथानी पनि खेल्नै नसके गरी घाईटे भएका थिएभने गोलरक्षक तुलमन बुढाथोकी समेत घाईटे भएका थिए।
२ आयोजकको व्यबस्थापनमा कमजोरी
खेलको क्रममा नव सृजना युवा क्लब रुन्मा "A"का समर्थकहरु खेल लाईनलाई समेट क्रश गरि ग्राउण्डमा आएर कराउन थालेका थिए। जस्का कारण पनि देउताभीर युवा क्लब मगरदाङ्ग "A"का खेलाडीहरुको मनोबल घटेको थियो। साथै समर्थकहरुको अपशब्दका कारण पनि उनिहरुको मनोबल घटेको थियो। जस्लाई आयोजकले व्यबस्थापन गर्न सकेको थिएन्।
३. भारी बर्षा
जेठको गते शुक्रबार खेल अलि ढिला सुरु भएका कारण खेल सुरु लगतै बर्षा हुन सुरु भएको थियो। त्यस्तै बर्षामा पनि खेल कायमै रह्यो तर खेल -१को बराबरीमा रोकियो गते शनिबारको लागि सारियो।

पानी परेपछि दर्शकहरु
४. खेलाडीमा मुर्खताको भावना 
नव सृजना युवा क्लब रुन्मा "A"का खेलाडीहरु निकै आक्रोश मुर्खताका साथ खेल खेलिरहेका थिए भने देउताभीर युवा क्लब मगरदाङ्ग "A"का खेलाडीहरु निकै अनुशासनका साथ खेल खेलिरहेका थिए, जस्का करण पनि देउताभीर युवा क्लब मगरदाङ्ग "A"का धेरै खेलाडीहरु घाईटे भए खेल राम्रो हुन सकेन
५. आफन्तपनको भवना
देउताभीर युवा क्लब मगरदाङ्ग "A"का खेलाडी समर्थक सम्पुर्णमा आफन्तपनको भवना थियो किनभने देउताभीर युवा क्लब मगरदाङ्ग "A"का खेलाडीहरुले नव सृजना युवा क्लब रुन्मा "A"का एकजना खेलाडीलाई पनि घाईटे बनाएन्न साथै समर्थकहरुको पनि "आफ्नै गाविसको टिम हो बरु रुन्मालाई नै जित्न दिनुपर्छ" भन्ने भावना थियो।

खेल मैदानमा उत्रिदै नव सृजना युवा क्लब रुन्मा "A"का समर्थकहरु

देउताभीर मेला सकियो : फुटबलको उपाधि रुन्मालाई

              देउताभीर युवा क्लब ले यही बुद्धजयन्तीको आवसरमा आयोजना गरेको "बुद्धजयन्ती तथा देउताभीर मेला २०७२" सम्पन्न भएको छ। उक्त मेलामा फुटबलको उपाधि नब सिर्जना युवा क्लब रुन्मा "A" ले देउताभीर युवा क्लब मगरदाङ्ग "A"लाई ३-१ को गोलले पछि पर्दै प्रथम हुन सफल भएको थियो भने घरेलु टोलि देउताभीर युवा क्लब मगरदाङ्ग "A" ले दोश्रो स्थानमा नै चित्त बुझाउनु परेको थियो। साथै फुटबल खेलमा उत्कृष्ट गोलकर्ताको उपाधि देउताभीर युवा क्लब मगरदाङ्ग ""का विवश पुन मगरले हात पारेका थिए।

नब सिर्जना युवा क्लब रुन्मा "A" VS देउताभीर युवा क्लब मगरदाङ्ग "A" फाईनल खेल आगाडी

त्यस्तै तारोखेल प्रतियोगितामा धौलागिरी तरो समिटी दर्वाङ्गले पहिलो पुरस्कार हात पारेको थियो भने नव सिर्जना युवा क्लब रुन्माले दोश्रो पुरस्कार हात परेको थियो। तारो खेल प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि लिले राना मगरलाई हात परेको थियो।

Sunday, May 10, 2015

कलात थान

                        लात थान देविस्थान गाविसअन्तर्गत वडा नं ७ मा पर्दछ। यो थान दाङ्गखोलाको बगर नजिकै अवस्थित छ। यो देविस्थानको चर्चित धार्मिक स्थलहरुमध्ये एक हो। यहाँ मन्दिर पनि रहेको छ। 



 



[ यसबारे सबै विबरण पछि राखिने छ। यदि यस थान बारे तपाईलाई थाहा भए हाम्रो ठेगानामा जानकारी दिन नभुल्नुहोला। ]

अर्पुङ्ग ताल

                          र्पुङ्ग ताल देविस्थान गाविसअन्तर्गत मगरदाङ्ग गाउँमा पर्दछ। यो ताल अर्पुङ्ग भन्ने ठाउँमा अबस्थित छ। त्यसैले नै यो तालको नाम "अर्पुङ्ग ताल" रहन गएको हो।




Saturday, May 9, 2015

काफल ( Bay-Berry )

                   काफल एक पहाडी भु-भागमा पाइने लोकप्रिय जंगली फल हो। यो फल देविस्थान गाविसको सबै गाउँमा पाईन्छ। यो फल गर्मी याम बैशाख, जेठ मा वन पाखाहरूमा पाकेको हुन्छ। यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ। पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ। देविस्थानका मानीसहरू गर्मी याममा काफलको रुखमा चढेर काफल खानमा तल्लिन रहन्छन।

यो फल जो कोहिलाई पनि मन नपर्ला भन्न सकिन्न । गर्मी समयमा पाक्ने यो फलको छुट्टै विशेषता रहेको छ । काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।



एकछनेको काफल रुख


Friday, May 8, 2015

Score Of Football Match Played

                २५५९औं बुद्ध जयन्तीका अवसरमा देउताभीर युवा क्लब मगरदाङ्गले श्री गौ बोमबस्त मा. वि.को प्राङ्गणमा आयोजना गरेको फुटबल खेलको नतिजा :

                              पहिलो चरण                                  
                                            २०७२-०१-२४ गते बिहीबार

                                   २०७२-०१-२५ गते शुक्रबार

                                   २०७२-०१-२६ गते शनिवार




                                   २०७२-०१-२७ गते आइतबार


                                    २०७२-०१-२८ गते सोमबार



 ...................
        सेमिफाईनल खेल


                                               फाईनल खेल

                     

-------------------------------------------------------------------------------फुटबल खेलको यस Update मा सहयोग पुर्‍याउनुहुने सबैलाई धेरै-धेरै धन्यवाद ।
१. नबिन बुढाथोकी [अदक्ष्य : देउताभीर युवा क्लब] 
२. नरेश घर्ती मगर [देउताभीर युवा क्लब]
३. दोलेन्द्र फागामी मगर [देउताभीर युवा क्लब]
४. बिष्णु बि.क. [खेल सचिब]

धुन्द्रुक खोला

                   धुन्द्रुक खोला देविस्थान गाविस अन्तर्गत मगरदाङ्ग गाउँमा पर्दछ । यो खोलाको मुहान जङ्गलबाट सुरु भएर दाङ्ग खोलामा गएर मिसिएको छ ।
धुन्द्रुक खोलाले गर्दा यस खोला वरिपरीका कृषकहरुलाई सिँचाईको लागि सजिलो भएको छ । तर यो खोला साह्रै गहिराई र खोचमा बगेको हुनाले पनि अलि अप्थेरो पर्ने गरेको छ । यो खोलामा धेरै झर्ना र तालहरु रहेका छन् ।






एसेलु ( Raspberry )

                 सेलु बनपाखामा फल्ने रसिलो फल हो । यसलाई अङ्रेजीमा Raspberry भनिन्छ । यो बिभिन्न थरीको हुन्छ । हाम्रो देविस्थानमा यो पहेलो र रातो गरी २ प्रकारको पाईन्छ । यही बैशाख-जेष्ठको समयमा फल्ने एसेलु देविस्थानको सबै ठाउँहरुमा पाईन्छ । एसेलुको काण्ड महत्वपुर्ण जडीबुटी हो ।

                      

यसका फाईदाहरु ;
१. मस्टिष्कको सोच्ने क्षमता बढाउछ
२. मुटुसम्बन्धी रोगहरु लाग्नबाट बचाउछ
३. विभिन्न किसिमका क्यान्सर हुनबाट जोगाउछ जस्तै : मुखको क्यन्सर, फोक्सोको क्यान्सर, पाचन नलिको क्यान्सर, प्यन्कृयाजको क्यान्सर, आन्द्राको क्यान्सर
४. मधुमेहमा ब्लड सुगरको मात्रा सन्तुलन गराउछ
५. भिटामीन सी प्रस्शत मात्रामा पाइन्छ ।
६. आँखालाई UV Light बाट बचाउँछ ।



बुद्ध जयन्तीको अवसरमा देउताभीर मेला सुरु

                  देउताभीर युवा क्लब मगरदाङ्ग ५,६ र ७ ले २५५९औं बुद्ध जयन्तीका अवसरमा यही चैत्र २१ गतेबाट सुरुहुने गरि आयोजना गरेको मेला हिजोबाट सुरु भएको छ । हिजो बिम र देउताभीर युवा क्लब मगरदाङ "सि" बिच भएको खेलमा बिम ले एक गोल को अन्तरले जित्न सफल भएको थियो ।
खेल सुरु हुनुभन्दा एक दिन आगाडी अभ्यास खेल खेल्दै खेलाडीहरु
क्लबले मेलामा फुटबल, तरोखेल, थेलो, लठो तान्ने खेल (महिला ,पुरुष ) लगएतका अन्य रमाईला खेलहरु पनि समाबेश गरेको मेला आयोजना समितीका अध्यक्ष घन बहादुर फगामीले बताउनुभयो ।

फिलोको लागि तारो हान्दै गर्दा 
समितीले फुटबल खेलको लागि प्रथम पुरस्कार रु ६०,०००/- र द्धितिय पुरस्कार रु ३५,०००/- तोकेको थियो भने प्रबेश शुल्क रु ६०००/- तोकेको थियो । त्यस्तै तारो खेलको लागि प्रथम पुरस्कार रु ३०,०००/- र द्धितिय पुरस्कर रु २०,०००/- तोकेको थियो । फुटबल खेलमा २२ टिमको सहभगिता रहेको छ ।

झन्डी-बुर्जा खेल्दै


देविस्थान मोटर बाटो उपभोक्ता समितिले सवारी साधनहरुको भाडाँ दर तोक्यो

                         देविस्थान मोटर बाटो उपभोक्ता समितिको यही २०७२ साल बैशाख ६ गते बसेको बैठकले सर्वसाधरण जनताहरुलाई सजिलोको लागि देविस्थान गाविसमा गुड्ने यातायातका साधनहरुको भाडाँ दर तोकेको छ । साथै समितिले सो भाडाँ दर सम्पुर्णलाई पालना गरिदिनुहुन पनि अनुरोध गरेको छ । देविस्थान मोटर बाटो उपभोक्ता समितिले यातायात वा सवारी साधनहरुको भाडाँ दर निम्नअनुसार तोकेको छ :


फौजी किराले मकै बालि नष्ट : कृषक चिन्तित

देविस्थान, २५ चैत्र

देविस्थान गा.वि.स.का सबै गाउमा किराले भर्खरै खनेको मकै बालि नष्ट गरिदिएपछि देविस्थान गाविसका कृषकहरु चिन्तित भएका छन् ।




















फौजी किराले मुख्यत: लम्सुङ्ग, बेर, लिटुङ्ग, ढुलुम, तामला, खोला, एकछानेलगाएतका औलो क्षेत्रमा बढि प्रभावित पारेको छ भने लेकतिर भने अलि कम प्रभावित पारेको छ । एक कृषक गम्भिरा बुढाले भन्नुभयो :- "किराले सबै मकै नष्ट गरिसक्यो । जरा मात्र बाँकी रखिदिएको छ । अहिले साल त देविस्थानमा मकैको उत्पादन ह्वाट्टै घट्ने सम्भावना बढि देखिन्छ ।"

कतिपयले त मकै खेतीको माया नै मारिसकेको बताएका छन् । यसरी फौजी किराले मकै बालि नष्ट गर्दा गा.वि.स. अनि जिल्ला कृषि विकास कार्यालयबाट फौजी किरा मार्ने तथा हताउने उपायहरु अपनाउनु आवश्यक छ ।