Sunday, November 27, 2016

खाद्य बस्तुको मुल्य

                          देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको खाद्य बस्तुको मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

ज्यामीहरुको परिश्रमिक मुल्य

                देवताभिर युवा क्लब मगरदाङ्गले मिति २०७३-०५-१० गतेका दिन छलफल गरि तोकेको ज्यामीहरुको परिश्रमिक मुल्य निम्नानुसार छ:


यदि यो मुल्य कार्यान्वयन नगरेको वा घटबढ गरेको खण्डमा निम्नानुसर दण्ड गरिने जानकारी दिएको छ।
१. पहिलो पटकमा : रु २००
२. दोश्रो पटकमा : रु ३००
३. तेश्रो वा सो भन्दा माथी गरेको खण्डमा क्लबले आवश्यक कानुनी कार्बाही गर्नेछ ।

Tuesday, November 22, 2016

एक खेलमै ९ गोल प्रहार गरे मेख पुर्जाले

                १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ । जसमा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए।



डिफेन्डिङ च्याम्पियन माउण्ट एभरेष्ट आवासीय माविले देविस्थानकै गौ गम बस्त्र माविलाई १ का विरुद्ध ९ गोल प्रहार गरेको थियो । जसमा माउण्ट एभरेष्टका प्रविण हमाल सर्वाधिक गोलकर्ताको सुचीमा रहेका थिए तर एउटै खेलमा पुर्जाले ९ गोल गरेपछि प्रतियोगिता थप रोमाञ्जक बनेको छ। त्यससँगै गोल बर्साउने पुर्जा जेसीज कपमा चर्चाका पात्र बनेका छन् । सर्बाधिक गोलकर्ता मेख बहादुर पुर्जालाई मेरो देविस्थानको शुभकामना ।

तातोपानी बोडिङ स्कुललाई भिम माविले हान्यो १२ गोल

                 म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५औं जेसीज कप फुटबल प्रतियोगिता विगतका तुलनामा फरक देखिएको छ । विद्यालयस्तरमा रहेका विद्यार्थीहरू माझ निकै लोकप्रिय रहेको जेसीज कपमा मंगलबार समेत देविस्थान गाविसको भिम माविले सिंगा तातोपानीको तातोपानी बोडिङ स्कुललाई एकदजर्न गोल प्रहार गरेको छ ।

मंगलबार विहान भएको पहिलो खेलमा बेनी नगरपालिका अन्र्तरगत पर्ने तातोपानी बोडिङ स्कुललाई सुन्यका विरुद्ध १२ गोल प्रहार गर्ने क्रममा भिम माविका १० नम्बर जर्सीमा मैदानमा उत्रिएका मेख बहादुर पुर्जाले ९ गोल प्रहार गरेका थिए। खेलको सुरुवात मै हावि भएको भीम माविका खेलाडीले दर्शकलाई समेत चकित पदैं लगातार गोल बर्साएका थिए ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Monday, November 21, 2016

गौ बोम बस्त मावि १ का विरुद्ध ९ गोलले पराजित

                    म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखी सुरू भएको १५ औं जेसीज कप फुटबल प्रतियोगितामा गतबर्षको विजेता उद्घाटन खेल खेल्ने गरी आयोजकले केहीदिन अगाडी घोषण गरेको थियो । जसमा माउण्ट एभरेष्ट आवासीय मावि र देविस्थान गा.वि.स.को गौ बोमबस्त माविको उद्घाटन खेलको तालिका अनुसार दुवै विद्यालयका खेलाडीहरू मैदानमा उत्रिए ।


देविस्थानमा रहेको खेल मैदानमा अभ्यास गरिरहेका गौ बोमबस्त मावि खेलाडीहरूले माउण्टका खेलाडीहरूसंग प्रतिस्पर्धामा खुल्लामञ्चमा उत्रिएको केही समयपछि माउण्टका खेलाडीहरू हावी भए ।

खेलमा माउण्टका खेलाडीले १ का विरुद्ध ९ गोलको फराकिलो अन्तरले विजय सुरूवात गरे । घरेलु मैदान, खचाखच दर्शकको उपस्थिति, नियमित अभ्यास तथा विगतका अनुभव सहित खेल मैदानमा उपस्थिति भएका माउण्टका क्याप्टेन प्रविण हमालले पहिलो खेलमै ५ गोल प्रहार गरेर चर्चा मात्रै कमाएनन् जेसीजक कप फुटबलमा आफ्नो नेतृत्वमा रहेका खेलाडीहरूलाई उत्साहित बनाउँदै विपक्षीलाई झस्काउन सफल भएका छन् । भने श्री गौ बोमबस्त माविका खेलाडीहरु पहिलो खेलबाट नै बाहिरीएका छन् ।

[ स्रोत : म्याग्दीकाली डट् कम ]

Sunday, October 23, 2016

फाइनलमा भोली जे.पी.सी. र दुखु भिड्दै

                         न्यु देविस्थान युवा क्लब राजदाङ्गले आयोजना गरेको दशै मेला २०७३ को फाइनलमा भोली जे.पी.सी. दरबाङ्ग र दुखुबेसी भिड्दै छन्। आज भएको सेमीफाइनल खेलमा जे.पी.सी. दरबाङ्गले ट्याक्सी ब्यबसाय टीमलाई १:० को अन्तरले गोल गर्दै जे.पी.सी. दरबाङ्ग फाइनलमा पुगेको हो भने दुखुले आयोजक न्यु देविस्थान युवा क्लब (NDYC) राजदाङ्गलाई १:० कै अन्तरले गोल गर्दै फाइनलमा पुगेको हो।

                         

न्यु देविस्थान कप २०७३ तथा दशै मेलाको फाइनल खेल भोली दिउसो सन्चालन हुने आयोजकले जनाएको छ। फाइनल खेल जित्नेले प्रथम पुरस्कार स्वरुप रु १,१५,००० रुपैयाँ हात पर्नेछ भने दोस्रो पुरस्कार रु ५५,००० रुपैयाँ रहेको छ। कसले प्रथम पुरस्कार हात पर्छ त्यो त भोलीको नतिजाले नै देखाउने छ।

                           Image result for football Final

                          Image result for football Final  

Friday, October 14, 2016

न्यु देविस्थान कप भोलीदेखी सुरु

                              रेक बर्ष न्यु देविस्थान युवा क्लब राज्दाङ्ग २,३ र ४ ले श्री भीम माविको प्राङ्गणमा आयोजना गर्दै आएको दशैमेला तथा न्यु देविस्थान कप २०७३ भोलीदेखि सुरु हुने भएको छ। मेलाको तयारी अन्तिम चरणमा पुगेको र आज साँझ ५ बजेतिर तिम दर्ता कार्यलाई रोकेर भोलीदेखि नै मेलाको शुरुवाट गर्ने आयोजकले जानकारी दिएको छ।


यो समाचार तयार गर्दासम्म जम्मा ११ तिमको मात्र नाम दर्ता भएको र अझै तिम दर्ता कार्य जारी रहेको आयोजकले जानकारी दिएको छ। भोली १/२ म्याच मात्र हुनेछ। मेला करिब ८ देखि १० दिन सम्म लाग्ने अनुमान गरिएको छ।



Monday, September 26, 2016

देविस्थान जाउँ, दशैँ मेलामा रमाऔ

                       उँदै गरेको बडा दसैको उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त ब्यक्त गर्दै न्यू देविस्थान युथ क्लब राजदाङ्गले बिबिध कार्यक्रमहरु गरी मेला आयोजना गर्ने भएको छ। सो मेलाका कार्यक्रमहरुमा पुरुष फुटबल, महिला फुटबल, भुपु फुटबल, तारोखेल, साँस्कृतिक कार्यक्रमलगाएतका छन् ।

कार्यक्रमहरु 
१. पुरुष फुटबल प्रतियोगिता
प्रथम पुरस्कार : रु. १,१५,०००
दोस्रो पुरस्कार : रु. ५५,०००
२. महिला फुटबल प्रतियोगिता
प्रथम पुरसकार: १०,०००
दोस्रो पुरस्कार : ५,०००
३. भुपू फुटबल प्रतियोगिता
प्रथम पुरस्कार: १०,०००
दोस्रो पुरस्कार: ५,०००
४. तारो खेल प्रतियोगिता
प्रथम पुरस्कार : ४०,०००
दोस्रो पुरस्कर : २०,०००
५. सासकृतिक कार्यक्रम
प्रथम पुरस्कार : ६,०००
दोस्रो पुरस्कार : ३,०००
६. अन्य

Monday, September 12, 2016

दरबाङलाई केन्द्र बनाउन देविस्थानबासीको माग

                         म्याग्दीको पश्चिममा पर्ने जिल्लाकै दोश्रो ब्यापारीक केन्द्र दरबाङलाई प्रस्तावित मालिका गाउँपालिकाको केन्द्र बनाउन देविस्थानबासीहरुले माग गरेका छन्। त्यसका साथै दरबाङ्ग, निस्कोट, रुम, ओखरबोट, विम र अर्मन गाविसका स्थानीयले पनि दरबाङ्गलाई केन्द्र बनाउन माग माग गरेका छन् ।

स्थानीय तह पुर्नसंरचना सरोकार समिति दरबाङकी संयोजक सुनमायाँ गुरुङ्गले जिल्लास्तरबाट पुर्नसंरचना आयोगमा दरबाङ क्षेत्रमा नगरपालिकाको प्रस्ताब गरिएको भन्दै त्यसमा स्थानीयको सहमति नभएको बताईन् । "पश्चिम क्षेत्रको भौगोलिक विकट, यातायात, सञ्चार, शिक्षा, खानेपानीका कारणले पनि नगरपालिका बनाउन संभव छैन”, उनले भनिन्, ‘त्यसका लागि गाउँपालिका नै बनाउनुपर्छ र केन्द्र दरबाङलाई तोकिनुपर्छ ।” ज्ञापन पत्र बुझाउन हरेक गाविसका बुद्धिजीवि तथा समाजसेवीहरुको सहभागिता थियो । गाउँपालिकाका लागि दरबाङमा पर्याप्त जग्गा नभएको भन्ने कुरा निराधार भएको दरबाङका युवा हिरा पुनले बताए ।

[ साभार : म्याग्दी अनलाईन डटकम ]

Sunday, September 4, 2016

घरीथोकको डाडाकटेरीमा पहिरो खस्यो, एक बेपत्ता

                शुक्रबार राती म्याग्दीको देविस्थान–५ घरथोकको डाडाकटेरीमा पहिरोले दुई घर पुरिएका छन् । भग बहादुर घर्ती र करिमा बुढाको घर पुरिएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । पहिरोमा पुरिर एक जना बेपत्ता भएको जानकारी आएपनि पुष्टी हुन सकेको छैन ।

घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय दरवाङका निरिक्षक उपेन्द्रपुरुष तिमिल्सिनाको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ । पहिरोमा पशुचौपाया समेत परेपनि क्षतीको विवरण प्राप्त नभएको म्याग्दीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । ‘घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली गएको छ । स्थानीयबासीसंग सहकार्य गरेर बैकिल्पक ब्यवस्था गरिन्छ’ उनले भने । शुक्रबार राती पश्चिम म्याग्दीमा बर्षा भएको थियो ।

[ साभार : http://myagdikali.com/82886.html ]



Friday, May 27, 2016

Score Of Football Match 2073 (Male)

                                            पहिलो चरण                                              
                                          २०७३-०२-११ गते मंगलबार



                                         Quarter Final                                           
                                           २०७३-०२-१५ गते शनिबार
                                            २०७३-०२-१६ गते आइतबार



                                        Semi Final                                       
                                                  २०७३-०२-१७ गते सोमबार


                                        Final                                               





फुटबल खेलको यस Update मा सहयोग पुर्‍याउनुहुने सबैलाई धेरै-धेरै धन्यवाद ।
१. जीवन बुढाथोकी [ अदक्ष्य देवताभीर युवा क्लब ]
२. मदन राना [ खेल अदक्ष्य ]
३. प्रशुराम फगामी [ खेल सचिब ]

Monday, May 23, 2016

बुद्धजयन्ती मेलाको तयारी अन्तिम चरणमा

                 श्री देवताभीर यूवा क्लव देविस्थान ५, ६, र ७ मगरदाङले "खेल स्वास्थ्यका लागि,
खेलाडी राष्ट्रका लागि" भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको २५६०औ बुद्धजयन्ती तथा
देउताभीर मेला २०७३ को तयारी लगभग पुरा भएको छ। फुटबल प्रतियोगितामा २३ टिमको सहभागी
हुने लगभग निश्चित भएको छ भने मेलाको प्रमुख उद्देश्य ओझेलमा रहेको देउताभीर गुफाको
प्रचार-प्रसार गर्ने रहेको क्लवका अध्क्षय जीवन बुढाथोकीले जानकारी दिनुभयो। 

Sunday, May 15, 2016

बुद्द जयन्ती तथा देवताभीर मेला २०७३

         ५६० औ बुद्द जयन्तिको अवसरमा श्री देवताभीर यूवा क्लव देविस्थान ५, ६, र ७ मगरदाङले "खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि" भन्ने मुल नाराका साथ विविध खेल तथा सांगेतिक कार्यक्रमहरु गर्ने भएको छ। क्लवले यो वर्ष गा.वि.स. स्तरिय महिला फुटबल प्रतियोगिता समेत गर्ने भएको छ। त्यसका साथै गा.वि.स. स्तरिय पुरुष फुटबल प्रतियोगिता, भु.पु. फुटबल प्रतियोगिता, गा.वि.स. स्तरिय तारो खेल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता समेतका कार्यक्रमहरु आयोजना गर्ने भएको छ।

बुद्द जयन्तिको अवसरमा हरेक बर्ष श्री देवताभीर यूवा क्लवले विविध कार्यक्रमहरु गर्दै आएको छ। यस बर्षको कार्यक्रमका लागि पनि तयारि भैरहेको क्लवका अध्यक्ष जीवन बुढाथोकीले जानकारी दिनुभयो । सो मेलाको अवसरमा किरण पुन, दिल बहादुर रसाइली, निर्मला गर्बुजा लगाएतका कलाकारहरुको उपस्थति रहने छ भने मिडिया तथा वेब पाटनर "मेरो देविस्था"ले गर्नेछ। साथै मेलामा भएका विविध खेलहरुको Score Update गर्नुका साथै फुटबलको नेपाली भाषामा Live Commentry Update "मेरो देविस्था"ले गर्नेछ।

"बुद्द जयन्ति मेला २०७३" को अवसरमा निम्न खेल तथा कार्यक्रमहरु हुने छन :


Thursday, March 31, 2016

भिम माविको स्वर्ण जयन्तिमा हुने कार्यक्रमहरु

                   हि २०७३ वैशाख ६ गतेदेखि हुने भिम माविको स्वर्ण जयन्तिका अवसरमा हुने कार्यक्रमहरुको तालिका :

फोटो : धिरेन पुर्जा मगर

Wednesday, March 2, 2016

भिम माविको स्वर्ण जयन्ति बैशाखमा

                  देविस्थान गा.वि.स.को पहिलो विधालय श्री भीम माध्यमिक विधालयले आफ्नो स्वर्ण जयन्ती मनाउने भएको छ। "देवीस्थान बासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्दता" भन्ने मूल नाराका साथ मनाउन लागिएको स्वर्ण जयन्ती यहि २०७३ वैशाख ३ गतेका दिनदेखि सुरु हुने भएको छ।

बिद्यालयको स्वर्ण जयन्तिको अबसरमा सम्पूर्ण देश तथा बिदेशमा रहनु भएका शिक्षा प्रेमीहरुलाई आर्थिक तथा भौतिक सहयोग गरिदिन अपिल गर्नुका साथै स्वर्ण जयन्तीको अवसरमा  विभिन्न कार्यक्रमहरु गर्ने जानकारी समेत गराएको छ।


Monday, February 29, 2016

कुश्मामा नचाए लोकदोहोरी गायक कुमार पुनले

                          हाम्रै देविस्थानका लोकदोहोरी गायक कुमार पुनले पुन युवा क्लव पर्वत कुश्माको आयोजनामा भइरहेको साँस्कृतीक कार्यक्रममा साझँ कुश्मा बजारमा धमाका मच्चाएका छन् । पुनले पर्वतमा पहिलो पटक आफ्नो सांगितिक प्रस्तुती दिँदै पुन क्लवको खेल मैदानमा जम्मा भएका लोकसंगितका पारखी सयौं सर्बसाधारणालाई "तिम्रै पिर छ मलाई जति नि मनको सुख भएन नि हैनअरुको तिम्रै हुँ म जति दिन भएनी भैन अरुको" भनेर गाउँदा निकै उत्साह छाँएको थियो ।


"म पनि मगर कै छोरा हुँ तपाई हाम्रै समाज नयाँ बनाउने हो" भन्दै कुमारले लगातार गित गाए तर सर्बसाधारण भने चिसो मौसमको प्रबाह धुलो उडाउँदै नाचिनै रहे । उनले लाछा डोरी उनैको औठी सुनैको दिउँला पछ्यौरी घाराबुनैको, झल्को आउँछ निदरी आउँदैन लगायतका गित गायक थिए ।

[ साभार : सुचना केन्द्र ]

Sunday, February 28, 2016

दोस्रो टोड्के महोत्सवको तयारी तिब्र

                     म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हुने दोस्रो टोड्के महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढेको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म हुने महोत्सवमा बिहिबार सम्म करिव ११ लाख आर्थिक संकलन भएको छ । ‘महोत्सव जिल्लाको पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुने छ ।


पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरको दुरीमा रहेको धार्मिक तथा पर्यटक स्थल टोड्के क्षेत्रको प्रचारप्रसार, भौतिक संरचना निर्माण, स्थानीय उत्पादन,सामुदायिक लज, भि–टावर निर्माण लगाएतका पूर्वााधार बनाउने योजना समेत रहेको छ। रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् ।

पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमशृङखला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो । पहिलो गुराँस महोत्सवले टोड्केको प्रचारप्रसारका साथै पर्यटकीय गन्तब्य बनाउन महत्वपुर्ण भुमिका खेलेको थियो ।

साभार : बेनी अन्लाईन ]

डाक्टर न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

                 जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत डा. रोशन न्यौपाने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका छन्। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा विषेश योगदान गरेको भन्दै डा. न्यौपानेलाई यस बर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट १ लाख नगद सहित सम्मानित गरेको हो।

मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका न्यौपानेले स्रोत र साधनको अभावबीच पनि स्थानीयस्तरमै सहयोग जुटाएर जटिल मानिएका अप्रेसन सहितको सेवालाई जिल्लास्तरमा उपलब्ध गराउन सफल भएकाले न्यौपानेलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको जनस्वास्थ्य प्रशासन अनुगमन तथा मुल्याकन महाशाखाले जनाएको छ।


करिव साढे २ बर्ष अगाडी जिल्लामा आएका डा। न्यौपाने हार्डजोर्नी तथा नशा रोग सम्बन्धि उपचारलाई जिल्ला अस्पतालमै सुरू गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहज र निशुल्क सेवा पाइरहेका छन्। 'पुरस्कारले जिम्मेबारी थपिएको छ ।अझै म्याग्दीलाई धेरै गर्नुछ' डा. न्यौपानेले भने।

उनले अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले समेत अस्पताललाई स्रोत जुटाउन दिनरात खटिएको र गुणस्तरीय सेवा प्रदान गर्न समेत सघाइरहेकाले समेत कार्यसम्पदानमा सहज भएको बताए। पछिल्ला दुईबर्ष यता सुविधा सम्पन्न अस्पतालमा गरिने जटिल अप्रेसन समेत जिल्लामै गरिएको छ। डा।न्यौपानेले अस्पतालमा चिकित्सक थप गर्न, डेन्टल सेवा, साझा औषधी पसल सहित विभिन्न सेवा थप गर्न सफल भएका थिए।

साभार : नागरिक न्युज ]

Saturday, January 16, 2016

पहिरोको जोखिममा परेको मुनाको दर गाउँ

                     म्याग्दीको मुना गाविसको ७, ८ र ९ नम्बर वडामा पर्ने दर गाउँ अझै पनि पहिरोको जोखिममा रहेको छ। पहिरोको जोखिममा २० घरभन्दा बढि रहेका छन्। २०७२ साउन १३ गते राती बस्ती माथिदेखि पहिरो खसेपछि दरका बासिन्दाहरु बर्षा यामको दुई महिना गाउँ छाडेर अन्यत्र गई बसेका थिए।


राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ५ गतेदेखि

                 जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गर्न लागेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०७२ माघ ५ गतेदेखि सुरु हुने भएको छ । जिल्लाका ६८ विद्यालयलाई पत्राचार गरिएको र सबैजसोले कुनै न कुनै खेलमा सहभागिता जनाउने प्रतिवद्धता आएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


समितिका अनुसार माघ ४ गते अर्थात कार्यक्रम हुनु भन्दा अघिल्लो दिनमा सर्वपक्षीय अन्तरक्रियाको आयोजना गरिएको छ । ४ गते ४ बजे जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अन्तरक्रिया हुनेछ ।त्यसैगरी कार्यक्रमको तयारीको बारेमा जानकारी दिनका लागि ३ गते दिउँसो पत्रकार सम्मेलन आयोजना गरिएको समेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

[ साभार : म्याग्दीकाली डट्कम ]