Monday, March 23, 2015

बर्षादमा लिएका केही हरियाली तस्विरहरु

मगरदाङ्ग गाउँ

हरियाली धानको खेतहरु

मगरदाङ्गको ढुलुम र घरिथोकको औलो खेति

मगरदाङ्गको ढुलुम र घरिथोकको औलो खेति

तपाईलाई टाउको दुख्छ : याद राख्नुहोस्

               टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन ! तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, धेरै चिसा, तनाव र थकान आदी हुन् ।

यदि तलका अवस्थाहरु देखिएमा सावधान हुनुहोस् किनकी यसले तपाईको ज्यान पनि लिन सक्छ । त्यसैले यि तलका अवस्थाहरु देखिएमा नजिकै को अस्पतालमा जानुहोस् :
1. टाउको दुखाईसंगै उल्टी भएमा
2. धेरै रिंगटा लागेमा
3. सहनै नसक्ने गरी दुखेमा
4. एउटा बस्तु दुईवटा देख्न लागेमा
5. बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
6. एउटा आँखाले अचानक देख्न छाडेमा
8. आँखा बांगिएमा
9. होस हराएमा वा बेसुरको कुरा गरेमा
10. मुख आंगिएमा

[ Source : मेरो सृजना, मेरो कलम ]



Saturday, March 21, 2015

गजल



     
   लक्ष्मण ढकाल
   पैयुँपाटा-४, बाग्लुङ्ग
   हाल : बुद्धनगर, काठमाण्डौ



ब्यस्तता बिच एकान्त सहर खोज्दैछु
पिरतिका मिठा-मिठा लहर खोज्दैछु

थाहा छैन के दिन्छौ तिमी जवाफमा
तिम्रो दिलसम्म पुग्ने नहर खोज्दैछु

बिसाउन सारा पल तिम्रो साथसँगै
अनौठो यो कस्तो रहर खोज्दैछु

सक्दिन होला ठुला ठुला महल त
त्यो मायालु मन बस्ने टहर खोज्दैछु

भन्छन मायामा छुट्टै आनन्द मिल्छ
त्यसैले तिम्रो साथको प्रहर खोज्दैछु

गजल


तेजिन्द्र राना मगर
देविस्थान-७, म्याग्दी




आमा तिम्लाई झुपडीको खर, लर्केर सताउँछ रे
साहुले ॠणको भारी सुनाउँदै, थर्केर सताउँछ रे

सँगै हुँदाखेरी अघि-पछि गर्ने ती साथीहरु पनि
नाना-थरीका कुराहरु सुनाई, तर्केर सताउँछ रे

दिनभरी खेतबारी नधाई खान-लाउन नपुग्दा
वर्षात यामका ती झरीहरुले, दर्केर सताउँछ रे

सधै आँसुले नै भिज्छन् रे तिम्रा ती आँखाहरु
खाँदा-खाँदै मेरा ती यादहरुले, सर्केर सताउँछ रे

ठुलो मान्छे हुन्छ अब मेरो प्यारो छोरो भन्थ्यौ
पुरा नहुँदै सजएका सपनाहरु, छर्केर सताउँछ रे

[ साभार : मेरो सृजना, मेरो कलम
Link : आमा तिम्लाई झुपडीको ]


Wednesday, March 18, 2015

दरबाङ-देविस्थान मोटर बाटोको उद्घाटन कार्यक्रम सम्पन्न

                 दरबाङ-देविस्थान मोटर बाटोको यही मिति २०७१ साल चैत्र १ गतेका दिन अनौपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त मोटर बाटोको अनौपचारिक उद्घाटन अवसरमा देविस्थान गा. वि. स. का ५ वटै गाँउका आमा समूह, राजनितिक दल, बिभिन्न सङ्घ-सङ्स्था लगायतका सम्पुर्ण देविस्थान बासीहरुले हर्ष-उल्लासका साथ अविरजात्रा गरेका थिए ।


उक्त दिन जिप, ट्रयाक्टर लगायतका गाडीहरूले दरवाङ बाट जुग्जाको सिस्नेखोला सम्मको सफलतापूर्वक यात्रा सम्पन्न गरेको थियो । पहिलो पटक आफ्नो गाँउमा मोटरगाडी गुडेको हेर्न गाँउलेहरूको उल्लेखनिय सहभागीता रहेको थियो । 

Tuesday, March 17, 2015

गरिबको प्रेम (कथा)

एउटा गरीब केटा थियो । उ गरीब भएकै कारण एउटी केटीले
उसँग विहे गर्न मानीन र अर्कैसँग विहे गरेर गई !!!

१० वर्स पछी अचानक ती २ जाना बजार मा भेट भए ।
केटी ले भनी : "म धेरै खुसी छू किनकि मेरो लोग्नेको
सेलरी ५० हजार छ गाडी घर सबै छ मसँग अहिले !"

केटो केही बोलेन

एक छिन पछी त्यो केटीको श्रीमान आयो र अचम्म पर्दै
भन्यो (पहीले को गरीब केटा लाई):
"नमस्कार सर तपाईं मेरी श्रीमती लाई चिन्नु हून्छ?
अनी श्रीमती तर्फ फर्केर भन्यो :
"उहाँ मेरो बोस हो अनी हाम्रो कम्पनी को मेनेजर पनी
थाहा छ उहाँ को सेलरी कती छ? २ लाख गाडी घर
सहर को ठाउं ठाउ मा छ तर दु:खको कूरा उहाँ पहिले
गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटीले
धोका दिएपछि आज सम्म बीहे गर्नू भएको छैन ।।।

स्मरण रहोस् :
भविष्य सबैको लेखिएकै हून्छ जे-जती सूख र खूसि मिल्ने हो,
अवश्य पनि मिल्छ नै बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ |

[ तेजिन्द्र रानाको डायरी "मेरो सृजना, मेरो कलम" बाट साभार गरिएको !
Link :  गरिबको प्रेम (कथा) ]

गजल



बालकुमार फगामी मगर
म्याग्दी, देबिस्थान



हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन

दिन भरि अर्काको काम गर्यो दुइ छाक खान पुग्दैन रे
भकारीमा हेर्छु धानको एक मानो छैन आमा भन्छिन

सानो भएको बारीमा कोदो रोपिदिएर आएको थिए
पाक्यो कोदो तर एउटा बाला रानो छैन आमा भन्छिन

पैसा पठा भन्थिन आमा तर आफु पनि रित्तै यैबेला
ठुलो छ दुख बाबु यहा मलाई सानो छैन आमा भन्छिन

हुरी आएर घरको आधा छानो छैन आमा भन्छिन
खाली छ पेट अन्नको कुनै दानो छैन आमा भन्छिन

दरवाङ्ग-देविस्थान मोटर बाटो जोड्ने पुल

म्याग्दीको दरवाङ्ग-देविस्थान मोटर बाटो जोड्ने पुलको निर्माण कार्य हुँदै गर्दा लिइएको फोटो




Saturday, March 14, 2015

निस्कोटमा डोजर पल्टियो एक वेपत्ता, एक घाईटे

निस्कोट, म्याग्दी

म्याग्दीको निस्कोट–३, छिसमा ग्रामिण सडक विस्तारको क्रममा डोजर पल्टिदाँ एकजना वेपत्ता र एक घाईते भएका छन् । सडक खन्ने क्रममा होन्डाई कम्पनीको डोजर भिरबाट करिव ५ सय मिटर तल खसेको स्थानीय सिद्ध निमावीका शिक्षक रामचन्द्र सापकोटाले बताए । डोजरका अप्रेटर बालकृष्ण खत्री घाईते अवस्थामा फेला परेका छन भने निस्कोट–२ रिठेचौरका प्रदिप पुन वेपत्ता छन् । घाइटेलाई उपचरको लागि दरवाङ्ग प्राथमिक स्वास्थ्य चौकीमा लगिएको छ !



Friday, March 13, 2015

रिजन फगामी मगरको " सजाएर राख्या थिए "

              हाम्रै देविस्थानको गायक रिजन फगामी मगरको एल्बम " सजाएर राख्या थिए.... "
निर्देशन : शिव विक
स्वर/शब्द : रिजन फगामी
संगीत : दिपक शर्मा
सम्पदन : रबिन बिक
छायाँकन : शम्भु चालिसे
अभिनय : सन्दिप, आयुष्मा, नबिन, दिल
उत्पादक/वितरक : शिव 4s मिडिया प्रा.लि.
गायक रिजन फगामीलाई मेरो देविस्थान (My Devisthan) को तर्फबाट अझै सफलताको शुभकामना 

>>> भिडियो हेर्नुहोस् <<<


Wednesday, March 11, 2015

प्याउली फुल

                        प्याउली पोथ्रा वर्गमा पर्ने एक प्रकारको घाँस हो । यो विभिन्न प्रकारको हुन्छ ।
                                               
                                               यो हाम्रो देविस्थानमा पाइने प्रमुख प्याउली हो !


Monday, March 9, 2015

गजल



बालकुमार फगामी मगर
म्याग्दी देबिस्थान



सभ्यता र सस्कृतिले भरिपुर्ण मेरो देबिस्थान
लोभै लाग्ने आकृतिले भरिपुर्ण मेरो देबिस्थान

धौलागिरीको आगनमा कति मिलेको गाउँहरु
भौगोलिक प्रकृतिले !!भरिपुर्ण मेरो देबिस्थान

मर्दा , पर्दा आपसमा सहयोगी भावना भएको
माया अनि पिरतिले भरिपुर्ण मेरो देबिस्थान

मारुनी,ख्याली जस्ता पुर्ख्यौली कला अझै छ
सास्कृतिक सम्पतिले भरिपुर्ण मेरो देबिस्थान

बन्यजन्तु र बन पैदावारको अधिक धनी ठाँउ
जडिबुटी र बनस्पतिले भरिपुर्ण मेरो देबिस्थान


Sunday, March 8, 2015

दिल बहादुर रसाइलीको "माहुरी घुम्छ फूलमा "

       हाम्रै म्याग्दी देवीस्थानका नव लोक गाएक दिल बहादुर रसाइलीको नया एल्बम
"माहुरी घुम्छ फूलमा "
                                                    निर्देशक : किसान विश्वकर्मा
                                                    सम्पादन : सैलेश यानी
                                                    स्वर : दिल बहादुर रसाइली, कृश्णा परीयार
                                                    लय/शब्द : दिल बहादुर रसाईली
                                                    अभिनय : दिल/सन्दिप/माया
                                                    दृश्य निर्माण : सोनिया फिल्म एण्ड मिडिया प्रा लि, बेनी

                                                              <<<भिडियो हेर्नुहोस् >>>

Saturday, March 7, 2015

दरवाङ्ग-देविस्थान मोटरबाटोका केही झलकहरु

             वि.सं.२०६५ साल देखि प्रत्यक गाउबाट प्रतिनिधित्वो  हुने गरि देविस्थान गाविस अन्तर्गत रुन्मा गाऊका समाजसेवी दल बहादुर पुन को अदक्ष्यतामा दर्बाङ देविस्थान कृषि सडक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । नेपाल सरकारबाट गाविसलाई उपलब्ध हुने आर्थिक रकम तथा स्थानिय जनताबाट श्रमदान र उपभोक्ता समितिको अथक प्रयासबाट अहिले बल्ल मोटरबाटो निर्माणको अन्तिम चरणमा पुगेको छ ।



प्राक्रितिकरुपले भरिपुर्ण यस गाविसमा मोटर बाटो पुग्न सके कृषि ,पशुपालन बाहेक पर्यटक व्यवसायले पनि फस्ताउने मौका पाउने रहेकोछ । त्यसैले यस मोटरबाटो निर्माण कार्यमा हामी देविस्थानबासी सबैको साथ रहनु आवश्यक छ ।








बर्षादको समयमा लिइएका तस्विरहरु :









राजदाङ्ग (पन्थोक) गाउँ

राजदाङ्ग (पन्थोक) गाउँ, जहाँ परापुर्वकालमा मल्ल राजाहरुले शासन गर्दथे ।




देविस्थानमा हात्तिपाइले रोगबिरुद्धको औषधी खुवाइदै

हात्तिपाइलेबाट प्रभावित खुट्टा
             म्याग्दीको देविस्थान लगायत ४१ वटै गाविसमा हिजोदेखि २५ गतेसम्म हात्तिपाइले रोगबिरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । अभियानको क्रममा गर्भवती, सुत्केरी र दिर्घ रोगीहरु बाहेक अन्य सबै जनाले हात्तिपाइले रोग विरुद्धको औषधि खान मिल्छ । जुन औषधी स्वास्थ्यकर्मी र स्वमसेवकहरुको टोलीले सर्वसाधारणलाई घरघरमा पुगेर खुवाउनेछन् । यसैगरी विभिन्न महत्वपूर्ण स्थानमा औषधि खुवाउन अस्थाई केन्द्रहरु समेत सञ्चालन गरिएको छ ।

हात्तिपाइलेबाट प्रभावित खुट्टा र हात्तिपाइलेको परजीवि


२५ मेघावाट क्षमताको जलविधुत अयोजना निर्माण हुने

            म्याग्दीको पश्चिम भएर बग्ने म्याग्दीखोलामा करिब चार अर्ब रुपैया लगानीमा २५ मेघावाट क्षमताको म्याग्दीखोला जलविधुत अयोजना निर्माण हुने भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले पश्चिम म्याग्दीको दरबाङदेखि दुई किलोमिटर उत्तरमा पर्ने ताकम धारापानी जाने फेदीमा बाँध रहनेछ । यस म्याग्दीखोला जलविधुत अयोजनाले विशेष गरि देबिस्थान, ताकम , बिम र दरबाङ्ग, ओखरवोट लगाएतका जनताहरुलाई रहत मिल्नेछ ।

सर्वेक्षण लगायत प्रारम्भिक चरणको काम सकेर आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्ने तयारी भएको धौलागिरी कालीका हाईड्रो लिमिटेडका संस्थापक प्रमोदकुमार श्रेष्ठले जानकारी दिनुभयो । बाँध स्थलबाट पाँच किलोमिटर लामो सुरुङबाट ल्याएको पानी १०० मिटर अग्लो हेडबाट विधुतगृहमा खसालिनेछ । प्रारम्भिक सर्वेक्षण अनुसार आयोजनामा चार अर्ब रुपैया लगानी हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादीत विधुत बिक्री गरेर वार्षिक ९० करोड रुपैया आम्दानी हुने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनुभएका आयोजनाका संस्थापक श्रेष्ठले बताउनुभयो ।


घर मेरो म्याग्दी देविस्थान [कुमार पुन]

Please Watch this Devisthan Special Photo Slide Show video


विन्दावासीनी म्यूजिक अवार्ड २०७१ विजेता : कुमार पुन

     प्रदेशमा रहेर पनि नेपाली लोक संगितको क्षेत्रमा अनवरत रुपमा लाग्ने, मायाँ गर्ने र सफल कलाकार हुन हाम्रै देविस्थान ४ राज्दाङ्गका कुमार पुन । उहाँ विन्दावासीनी म्यूजिक अवार्ड २०७१ बाट नवोदित गायनको विधाबाट अवार्ड समेत जित्न सफल भएका हुन ।  जसले देविस्थान वाँसिलगाएत सम्पुर्ण म्याग्दीको कलाकारिताको क्षेत्रमा नयाँ इतिहास कायम समेत गरेको छ ।

उनी वि.सं. २०३० सालमा म्याग्दीको पश्चिमी क्षेत्र देविस्थान ४ राजदाङमा बुबा कर्ण प्रसाद पुन र आमा रानीमायाँ पुनको एक्लो छोराको रुपमा जन्म लिएका हुन । सानै उमेरबाट लोक संगितको क्षेत्रलाई मायाँ गर्ने गर्थे पुनले । अरुले गित गाएको सुनेर पुनले पनि एक्लै कसैले नदेख्ने ठाउँमा गएर गित गुनगुनाउने गर्दथे । उनको पहिलो एल्बम "धानको बालैमा" हो, जुन २०५३ सालमा रेकर्ड भएको थियो । पुन थाईल्याण्डमा गए तर नेपाली लोकसंगितलाई मायाँ गर्न छाडेनन् । उनी प्रवासमा रहेर पनि पाँच वटा गिति एल्बम बजारमा ल्याएका छन । घर मेरो म्याग्दी देविस्थान, लाच्छा डोरी, झल्को आउँछ निदरी आउँदैन, जीन्दगी बगेको खोला हो लगायतका गितहरु बजारमा ल्याएका छन । यी गितहरुका साथ-साथै आगामी दिनमा पनि निरन्तर रुपमा गितसंगितको क्षेत्रमा लागि अझै प्रगती गर्नु होला कुमार पुन जीलाई हामी सम्पुर्ण देविस्थान बासीको शुभ-कामना ।








मगरदाङ्ग गाउँ

Magardang, Devisthan (Bharta, Gahirogaun-7)

Magardang, Devisthan (Dadagaun-6)

Wednesday, March 4, 2015

गुगल म्यापमा देविस्थान



देविस्थानबाट देखिने धौलागिरी हिमाल

देविस्थानबाट देखिने धौलागिरी र धौलागिरी हिमश्रीङ्खलाअनतर्गत पर्ने हिमालहरु

Dhaulagri Himaala



देविस्थानमा रहेका विधालयहरु

श्री गौ बोमबस्त माध्यमिक विधालय, मगरदाङ्ग

Gau Boambasta Ma.Vi.


श्री भीम माध्यमिक विधालय, राजदाङ्ग (पन्थोक)

Bhim Ma.Vi.

श्री सरसवती प्रा. वि., रुन्मा

Sarasawati Pra. Vi.


             [ नोट : अन्य विधालयको तस्विर उपलब्ध नभएकोले पछि पोस्ट गरिनेछ ।
             यदि तपाईसँग भए rana.tejin49@gmail.com मा उपलब्ध गराइदिनु होला ।
                                             धन्यवाद ।]

देविस्थान स्वास्थ्य चौकी

देविस्थान स्वास्थ्य चौकी देविस्थान गा.वि.स. अन्तर्गत वडा नं.७ मगरदाङ्गमा अबस्थित रहेको छ ।
यस स्वास्थ्य चौकीमा अहिले एक जना एच.ए., २ जना अ.हे.व., २ जना अनमी (एउटा करार),
र एक जना का.स. कार्यरत रहेका छन् ।
देविस्थान स्वास्थ्य चौकीका केहि झलकहरु :
[ Last Update : 2017-06-10 ]


Devisthan Health Post - Front View


Devisthan Health Post -- Side View


देउतीभीर गुफा ( देवताभिर गुफा )

               देउती भीर गुफा देविस्थान गा.वि.स. अर्न्तगत मगरदाङ्ग गाउँको वडा नं. छ बाट आधा घण्टा उत्तर हिडेपछि आउने दाङ्ग खोला तरेर फेरी आधा घण्टा उकालो चढेपछि आउँछ । यो गुफाको अन्तिम टुङ्गो अझसम्म पनि पत्ता लाग्न सकेको छैन् । यस गुफाभित्र विभिन्न आकारको ढुङ्गाका मुर्तिहरु रहेका छन् जस्तै : देवता, सर्प, हात्तिको सुँध, गाईको थुन, केरा, बाँघ आदि......!!

देउताभीर गुफाको बारेमा सम्पुर्ण जानकारीहरु पछि पोस्ट गरिनेछ ।
[ Coming Soon....... ]




देउताभीर गुफाको बारेमा SMYC ले तयार पारेको भिडियो !

देविस्थानको केही ठाउँहरुमा खिचिएको लालिगुराँस फुलहरु