बालकुमार फगामी मगर
म्याग्दी देबिस्थान
सभ्यता र सस्कृतिले भरिपुर्ण मेरो देबिस्थान
लोभै लाग्ने आकृतिले भरिपुर्ण मेरो देबिस्थान
धौलागिरीको आगनमा कति मिलेको गाउँहरु
भौगोलिक प्रकृतिले !!भरिपुर्ण मेरो देबिस्थान
मर्दा , पर्दा आपसमा सहयोगी भावना भएको
माया अनि पिरतिले भरिपुर्ण मेरो देबिस्थान
मारुनी,ख्याली जस्ता पुर्ख्यौली कला अझै छ
सास्कृतिक सम्पतिले भरिपुर्ण मेरो देबिस्थान
बन्यजन्तु र बन पैदावारको अधिक धनी ठाँउ
जडिबुटी र बनस्पतिले भरिपुर्ण मेरो देबिस्थान
No comments:
Post a Comment